बागलुङमा ६ जनालाई कोरोना संक्रमण


बागलुङमा बुधबार ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो समयमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६ जनाको नमूना परिक्षणमा कोरोना संक्रमण देखिएको हो ।
बाग्लुङ्ग जिल्ला बढीगाड गाउँपालिका स्थित त्रिभूवन माद्यामिक विद्यालय क्वारेन्टाइनमा रहेका बर्ष १९ र २० का २ जना पुरुष तथा बाग्लुङ्ग जिल्ला तमनखोला गाउँपालिका स्थित धनगौज्योती माध्यामिक विद्यालय क्वारेन्टाइनमा रहेका बर्ष क्रमशः २१, २७, २७ र २१ का ४ जना पुरुष समेत गरि ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । संक्रमित सबैजनालाई सदरमुकाम स्थित सरकारी अस्पतालमा ल्याउने तयारी भैरहेको व्यहोरा अनुरोध छ ।

बागलुङमा झण्डै ४ सय जना भारतबाट आएर क्वारेन्टाइनमा वसेका छन् । उनीहरु मध्ये केहीको मात्रै कोरोना जाँच भएको छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं