जेठ २ गते २०७७

ताजा समाचार

जेठ २ गते २०७७

गलकोटमा संक्रमितको सम्पर्कमा रहेकाको पिसिआर जाँचिने



बागलुङको गलकोट नगरपालिकामा आजदेखि कोरोनाको पिसिआर परीक्षण गरिने भएको छ ।

गत वैशाख ११ गते गलकोट नगरपालिकाबाट पर्साको छिपरमाई गाँउपालिका फर्केका १४ जना मजदुरलाई कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरुको सम्पर्कमा आएकाहरुको पिसिआर परीक्षण गर्न लागिएको गलकोट नगरपालिकका नगर प्रमुख भरत शर्मा गैरे जानकारी दिए । गैरेका अनुसार वैशाख ११ गते गलकोटबाट फर्केका मजदुरहरुको सम्पर्कमा रहेका गलकोट नगरबासीहरुको पिसिआर परिक्षण गरिनेछ ।

पिसिआर परीक्षणका लागि तयारीसमेत भईसकेको छ । अहिलेसम्म १ सय जना निगरानीमा रहेको गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मीनराज गैरेले जानकारी दिए । जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार गलकोटमा आजदेखि ३ दिनसम्म थ्रोट स्वाब संकलन गरिनेछ । १ दिनमा ३० देखि ३५ जनाको थ्रोट स्वाव संकलन गर्न सकिने गुरौले बताए ।

गलकोट नगरपालिकामा करिब १ सय जनाको पिसिआर परिक्षण गरिनेछ । गलकोट नगरपालिकाकाले गलकोट क्षेत्रमा कोरोनाको उच्च जोखिम बढेको भन्दै जेठ १ गतेदेखि लकडाउनलाई थप कडा बनाएको गलकोट नगरपालिकाका नगर उप प्रमुख रेणुका काउचा मगरले जानकारी दिईन् ।

बिहीबारदेखि नगरभित्र एम्बुलेन्स र अस्पतालमात्रै खुल्ला रहने गरी सबै क्षेत्र ठप्प पारिएको छ । त्यस्तै गलकोट प्रवेश गर्ने गिरङदी खोला, घोडाबाँधे र जँगराको नाकामा कडाई गरिएको छ । लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन प्रहरी प्रशासन, जनप्रतिनिधी, सरोकारवालाले उच्च निगरानी राखिरहेको ईलाका प्रहरी कार्यालय गलकोटका प्रमुख केशव सिंह थापाले जानकारी दिए ।

उक्त स्वाव संकलनको लागि धौलागिरी प्रादेशिक अस्पतालबाट ल्याबको टेक्निकल टोली र स्वास्थ्य कार्यालयको टोली गल्कोटतर्फ लागिसकेको जानकारी धौलागिरी प्रादेशिक अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा शौलेन्द« वि पोखरेलले बताए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।