जेठ ६ गते २०७७

ताजा समाचार

जेठ ६ गते २०७७

बागलुङबाट बिरामी लिएर पोखरा जाँदै गरेको जिप दुर्घटना



बागलुङबाट बिरामी लिएर पोखरा जाँदै गरेको जिप दुर्घटना मंगलबार दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

मंगलबार बिहान करिब सबा ८ बजे गलकोट नगरपालिका ३ लमहीबाट हाडजोर्नी सम्बन्धी रोगका बिरामी लिई पोखरा जान लागेको ग२च ५९८० नम्वरको जिप हटियातर्फ आउँदै गर्दा ब्रेक फेल भई सडकबाट अन्दाजी सय मिटर तल खसेको हो । दुर्घटनामा गलकोट नगरपालिका ३ लमहीकी ७२ वर्षीया भबिकला बस्नेत र उनका नाती वर्ष २६ का बिष्णु बस्नेत घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ ।