गण्डकी सेरोफेरो

कास्की ट्राफिक कार्यालय भवनको मन्त्री र डिआईजि द्धारा अबलोकन

कास्की जिल्ला स्तरीय जिल्ला ट्राफिक प्रहरी कार्यालयको नवर्निमाणाधिन भवनको अबलोकन गरिएको छ । गण्डकी प्रदेशका आन्तरीक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमान,गण्डकी प्रदेश प्रहरी प्रमुख घनश्याम अर्याल ले संयुक्त रुपमा अबलोकन गरिएको हो । पोखराको पृथ्वीचोकमा र्निमाण गर्न लागिएको भवन अहिले अन्तिम चरणमा पुगेको छ । दुई करोड लागतमा र्निमाण सम्पन्न हुन लागेको भवन र्निमाणका लागि नागरीक स्तरबाट थालनी गरिएको हो । तत्कालिन नगरबिकास समिति द्धारा जग्गा उपलब्ध भएपछि समाजसेवी… पुरा पढौ

एक्यान कास्कीको अन्तक्रिर्या कार्यक्रम सम्पन्न

नेपाल चार्टर्ड एकाउण्टेट संघ कास्की शाखाले विहीबार मौद्रिक नीति २०७७ माथि अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । एक्यान नेपालका उपाध्यक्ष रमेश कुमार धितालको संयोजनमा भएको उक्त कार्यक्रम नेपाल राष्ट्र बैंकबाट भर्खरै मात्र जारी भएको मौद्रिक नीति माथि छलफल गरिएको थियो । सागर लामिछानेको सञ्चालनमा भएको उक्त कार्यक्रममा एक्यानका अध्यक्ष आनन्द शर्मा वाग्ले, आइक्यानका उपाध्यक्ष युद्धराज ओली र नेपाल राष्ट्र बैंकका निर्देशक एवं पोखरा कार्यालय प्रमुख डा. डिल्ली राम पोखरेलले विषय… पुरा पढौ

पुष्पलालका युगजयी विचार अध्ययन अनुसन्धान गर्न केन्द्र

नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक क.पुष्पलाल श्रेष्ठका युगजयी विचारको अध्ययन अनुसन्धान गर्ने स्थलका रुपमा केन्द्र सञ्चालनमा आउने भएको छ । पुष्पलाल अध्ययन केन्द्रको सकृयतामा पोखरा महानगरपालिका वडा नं. २१ फेदीपाटनमा एक करोड ५० लाख रुपैयाको लागतमा निर्मित तीन तल्ले पक्की भवनमा अध्ययन केन्द्र स्थापना गरि सञ्चालनको तयारी गरिएको हो । तत्कालिन जहानीया राणा शासनका विरुद्धमा आवाज उठाउँदै नेपाली जनताको स्वतन्त्रताका पक्षमा कम्युनिष्ट विचारधारलाई अघि बढाएका पुष्पलालका विचारलाई जीवन्त राख्ने सोचका साथ… पुरा पढौ

सरोकारवालासँग समन्वय गरी समस्या सुल्झाउँछु : न्यौपाने

बागलुङको प्रमुख जिल्ला अधिकारीमा सुरेश न्यौपाने आएका छन् । हालै जिम्मेवारी सम्हाल्न आइपुगेका न्यौपानेले पत्रकारहरुसँग भेटघाट गरेका छन् । कार्यक्रममा, सरकारी सवारी साधनको दुरुपयोग, रुपा हत्या काण्ड, कालिगण्डकी नदी दोहन, महिला हिंसा, कोभिड महामारी, स्थानिय निकायबाट सूचना प्रवाह हुन नसकेको, जिल्ला प्रसासन कार्यालयबाट समेत सूचना प्रवाहमा असहजता भएको र सेवा प्रवाहमा ढिलाइ जस्ता विषय सुल्झाउन पत्रकारहरुले सुझाव दिएका थिए । प्रजिअ न्यौपानेले विद्यमान समस्याहरु हल गर्नका लागि सम्बन्धित कार्यालय, संस्था… पुरा पढौ

पहिरोले बेँसीशहर–चामे बाटो अवरुद्ध

लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेमा पहिरो जाँदा बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । शनिबार रातिदेखि परेको वर्षाले आज बिहान पहिरो जाँदा सो स्थानमा सडक अवरुद्ध भएको हो । लमजुङ –मनाङको एक मात्र यस सडकखण्डको च्याम्चेमा पहिरो जाँदा सडक अवरुद्ध भइरहेको सडक डिभिजन कार्यालय दमौलीका इञ्जिनीयर सुमन अधिकारीले बताए । उनका अनुसार सो स्थानमा सडक माथिबाट पहिरो खस्दा करीब २० मिटर सडक अवरुद्ध भएको छ । ठूल्ठूला ढङ्गासहितको पहिरो पन्छाउन… पुरा पढौ

तनहुँमा छ चितुवाको मृत्यु, आठको उद्धार

डिभिजन वन कार्यालय तनहुँले आर्थिक वर्ष ०७६र७७ मा तनहुँका विभिन्न स्थानमा गरी एक बच्चासहित छ चितुवाको मृत्यु भएको जनाएको छ । सो अवधिमा आठ चितुवाको जीवितै उद्धार गरिएको छ । जिल्लाको भानु नगरपालिकामा पाँच र व्यास नगरपालिकामा एक चितुवा मृत फेला परेको तथा भानु नगरपालिकामा पाँच, बन्दिपुर नगरपालिकामा दुई र व्यास नगरपालिकामा एक गरी आठ चितुवाको उद्धार गरी मणिमुकुन्द सेन पार्क, चितवन राष्ट्रिय निकुञ्ज, पचभैया प्राणी उद्यानलगायतका स्थानमा पठाइएको छ… पुरा पढौ

तनहुँको जय नेपाल स्कलुकी शिक्षक पुष्पाको प्रमाणपत्र नक्कली

जय नेपाल आधारभूत विद्यालय धरमपानी, तनहुँकी शिक्षक पुष्पा गुरुङविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । पुष्पाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली एवं झुठ्ठा भएको र शिक्षक पदमा नियुक्ति भई हालसम्म कार्यरत रही सरकारी लाभ तथा सुविधा लिइरहेकाले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० अनुसारको उनले कसुर गरेको अख्तियारको दाबी छ । उनी विरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र… पुरा पढौ

भावविह्वल म्याग्दी : २० जनाको शव भेटियो, १३ जना अझैं बेपत्ता

म्याग्दीको धवलागिरी, मालिका र रघुगंगा गाउँपालिकामा शुक्रबार राति गएको पहिरोमा बेपत्ता भएका ३३ जना मध्य २० जनाको शव भेटिएको छ। बेपत्ताको खोजीमा परिचालन भएको नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, स्थानिय जनप्रतिनिधि र स्थानीयबासीले पहिरोले पुरिएकाको शनिबार दिउँसो शव फेला पारेका हुन् । हालसम्म धवलागिरी गाउँपालिकाको मराङमा ११ जना मालिका गाउँपालिकाको बिमका ८ जना र रघुगंगा गाउँपालिकामा १ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्यादीका प्रमुख प्रहरी नायब निरीक्षक किरणजङ… पुरा पढौ

बाघको आक्रमणबाट महिला घाइते

file pix पर्वतको जलजला गाउँपालिका ४ फड्के ढुङ्गामा एक महिला बाघको आक्रमणमा परी घाइते भएकी छिन् । बिहीबार साँझ ५१ वर्षकी सुभाकुमारी मल्ललाई जङ्गलमा घाँस काट्ने क्रममा अचानक बाघले आक्रमण गरी घाईते बनाएको हो । उनलाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल म्याग्दीमा ल्याई उपचार भईरहेको प्रहरीले जनाएको छ । मल्लको घाँटी, हात र खुट्टामा चोट लागेको छ । पुरा पढौ

आँधीखोला किनारमा शव फेला

शुक्रबार दिउँसो स्याङ्जाको गल्याङ नगरपालिका ४ डुडेको आँधिखोला किनारमा एक पुरुषको शव फेला परेको छ । दिउँसो पौने १ बजे वतन नखुलेको करिब ५० वर्षको पुरुषको शव फेला परेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । मृतकको हुलिया ५ फिट ६ इन्च अग्लो, नीलो जिन्स पाइन्ट लगाएको, माथि कपडा नभएको, मंगोलियन जस्तो देखिने र माटो शरीर रहेको प्रहरीले जनाएको छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं