व्यवसाय बन्द गर्न बागलुङ उद्योग वाणिज्य संघको अनुरोध

बागलुङ उद्योग वाणिज्य संघले अत्यावश्यक सेवा बाहेकका अन्य व्यवसाय बन्द गर्न अनुरोध गरेको छ । कोरोना संक्रमण फैलिएकोले सबै व्यवसायीहरु सचेत भएर स्वास्थ्य सुरक्षाको व्यवस्था गरेर व्यवसाय गर्न र कोरोन रोकथाम तथा नियन्त्रण सहयोग गर्न संघका अध्यक्ष युवराज राजभण्डारीले अनुरोध गरेका हुन। संघले भाद्र १ गते देखि बागलुङ खाद्य सामाग्री ,मासु जन्य ,दुध जन्य ,पानी औषधी तथा सरसफाई का सामाग्री ,तरकारी ,ग्याँस, पेट्रोलपम्प बाहेक अन्य सबै पसलहरु बन्द गर्न अनुरोध गरेको छ ।

सरकारको लकडाउन खुकुलो गर्ने मोडालिटीले पुनः संक्रमणको दायरा दिन प्रतिदिन बढ्दो देखिएको र बागलुङमा कोरोनाको प्रभाव बढे पछि यस बाट थप सजक हुनु पर्ने परिस्थितिको सिर्जना भएकोले बागलुङ उद्योग वाणिज्य संघ बागलुङले सो अपिल गरेकोहो ।

बागलुङ बजारमा समुदायमा नै कोरोना देखिन थाले संगै बाउवा संघ ले एक बिज्ञप्ती मार्फत सो अपिल गरेको हो । विज्ञप्तीमा भाद्र १ गते राती १२ बजे देखि आन्तरिक रुपमा लकडाउन गर्न सबै ब्यवसायहरुलाई अनुरोध समेत गरेको छ । अतिआवश्यक समाग्रीका लागि विहान ७.३० बजे देखि १०.०० बजे सम्म र साँझ ४.बजे देखि ७.०० बजे सम्म मात्र कारोबार गर्न ब्यवसायीहरुलाई अनुरोध गर्दै ग्रामिण भेग बाट बजारमा प्रवेश गर्ने सवारी साधनलाई अतिआवश्यक काम बाहेक बजार क्षेत्र भित्र प्रबेश नगर्न समेत अनुरोध गरेको छ ।