बागलुङका जिल्ला समन्वय समितिका प्रमुखलाई कोरोना संक्रमण

बागलुङका जनप्रतिनिधिमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार क्षयरोग उपचार केन्द्रको प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा जिल्ला समन्वय समिति बागलुङका प्रमुख र बडिगाड गाउँपालिका वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रमुखको कन्ट्रयाक्ट ट्रेसिङमा कोरोना परीक्षण गर्दा कोरोना देखिएको हो । उनी केही दिन पहिले चितवन पुगेर आयका थिय । चितवनबाट फर्के लगतै होम क्वारेन्टीनमा रहेकाले अन्य व्यक्तिसँग संपर्क नभएको बताईएको छ ।

जनप्रतिनिधीमा कोरोना संक्रमण देखिपछि आवश्यक सर्तकताको जिल्ला प्रशासन कार्यालयमा आकस्मिक बैठक भैरहेको प्रमुख जिल्ला अधिकारीले वताए । त्यसै गरी वडा अध्यक्षमा कोरोना संक्रमण देखिएपछि वडिगाड गाउँकार्यपालिकाको वैठक वसेको जनाईएको छ ।