विगत २ वर्षयता चरम लोडसेटिङको पीडा सहदै आईरहेका हिमाली जिल्ला मुस्ताङीको समस्यालाई लिएर यहाका विभिन्न महिला समुहको टोली चरम लोडसेटिङको बिरोध जनाउदै शुक्रबार जिल्ला प्रशासन कार्यालय ,निलगिरि उपभोक्ता सहकारी संस्था र घरपझोङ गाउपालिका कार्यालयमा पुगेर अलग÷अलग ज्ञापनपत्र बुझाएका छन् ।
मुस्ताङको घरपझोङ—४ को जोमसोम महिला समुह र घरपझोङ—३ को पुथाङ आमा समुहको करिव १ सय जनाको टोलीले मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्याल ,निलगिरी उपभोक्ता सहकारी संस्थाका कार्यालय प्रमुख सनप्रसाद थकाली र घरपझोङ गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेल समक्ष ज्ञापनपत्र बुझाएका हुन्।
महिला समुहले बुझाएको २ बुदे ज्ञापनपत्रमा पछिल्लो समय मुस्ताङमा भईरहेको चरम लोडसेटिङको बिरोध जनाउदै शिघ्र लोड सेटिङको अन्त्य गर्नुपर्ने माग राखेका हुन् । दैनिक जिवनको हरेक क्रियाकलापसंग जोडिएको बिद्युत आपूर्ति जस्तो महत्वपूर्ण समस्यामा सरोकारवाला निकाय गैरजिम्मेवार भएर बस्न नमिल्ने उल्लेख्य गर्दै उनीहरुले मुस्ताङमा विद्युत आपूर्तिको जिम्मा निजी संस्थाले नलिई नेपाल बिद्युत प्राधिकरणलाई हस्तान्तरण हुनु पर्ने जनाएका छन् ।
यस्तै ,ज्ञापनपत्र बुझाएको मितिले २ साता भित्र मुस्ताङमा बिद्युत आपूर्ति समस्यामा सकारात्मक सुधार नआएको खण्डमा कडा आन्दोलन गर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । मुस्ताङमा विद्युत आपूर्ति तथा वितरणको जिम्मा लिएको निजी संस्था निलगिरी उपभोक्ता सहकारी संस्थाले मुस्ताङको दिर्घकालिन बिद्युत समस्या हल गर्न नसक्ने र यसका लागि नेपाल बिद्युत प्राधिकरणले समस्याको निकास दिनसक्ने औल्याउदै निजी संस्था जिम्मेवारीबाट पछि हट्नु पर्ने माग राखेका छन् ।
सरोकारवाला निकाय गैरजिम्मेवार भएर बस्न नमिल्ने उल्लेख्य गर्दै उनीहरुले मुस्ताङमा विद्युत आपूर्तिको जिम्मा निजी संस्थाले नलिई नेपाल बिद्युत प्राधिकरणलाई हस्तान्तरण हुनु पर्ने जनाएका छन् ।
महिलाहरुले पेश गरेको ज्ञापनपत्रमा नेपाल बिद्युत प्राधिकरणले अधिकाश जिल्लामा लोडसेटिङको अन्त्य गरेको तर मुस्ताङमा विगतको भन्दा बढी थप लोडसेटिङको पीडा थपेको जनाएका छन् । पछिल्लो समय दैनिक २०/२२ घण्टा सम्म लोडसेटिङ हुने गरेको र यसप्रति सेवा प्रदायक संस्था यसप्रति गम्भिर नभई मौन बसेको , चरम लोड सेटिङले मुस्ताङीको दैनिकी असहज बनेको र बिद्युत आपूर्ति समस्या र चरम लोड सेटिङले मुस्ताङीको धैर्यताको बाध टुट्न पुगेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
यसअघि मुस्ताङमा चरम लोडसेटिङ भईरहेको अवस्थामा स्थानीय प्रशासन ,जनप्रतिनिधि र थापाखोला हाईड्रो पावरबीच बिद्युत आपूर्ति नियमित गर्न बैठक बसेको थियो । बैठकमा थापाखोला हाईड्रो पावरले बिद्युत आपूर्ति समस्यालाई निराकरण गर्न तत्काल बिद्युत उत्पादन गरी मुस्ताङलाई बिद्युत उपलब्ध गराउने सहमती गरेको थियो । उक्त सहमती कार्यान्वयनमा प्रभावकारिता नदेखिएपछि महिलाहरुको टोलीले बिरोध जनाएको जोमसोम महिला समुहकी अध्यक्ष नानीमैया थकालीले बताईन् ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले महिला समूहले उठाएको माग जायज र यतार्थ भएको बताए । मुस्ताङमा निजी कम्पनीलाई हाईड्रो संञ्चालनको सम्झौता हुदानै स्थानीयबाट लिखित सम्झौता नभएकाले अहिले समस्या देखिएको धारणा राखे । उनले भईरहेको बाढी, पहिरो समस्याले केन्द्रिय प्रशारण अवरुद्ध भएको र यस बिषम अवस्थामा थापाखोला हाईड्रोले नाफामुखी नभई सेवामुखि भाव देखाउनु पर्ने प्रजिअ अर्यालको भनाई छ ।

यता ,जोमसोम स्थित निलगिरि उपभोक्ता सहकारी संस्थाका कार्यालय प्रमुख सनप्रसाद थकालीले मुस्ताङमा बिद्युत आपूर्तिमा देखिएको समस्या क्रमशः सुधार हुदै जाने बताए । म्याग्दी ,पर्वत र बाग्लुङमा ३३ केवी प्रशारण लाईन ११ केवीमा कन्भर्ट भएको र मुस्ताङको छुसाङमा पनि सव ट्रान्समिसन लाईनको जडान गर्ने तैयारी भईरहेको बताए । उनले केन्द्रिय प्रशारण सुधान्मुख हुदै गईरहेको र हाल देखिएको समस्या बाढी, पहिरो र नदी कटानले विद्युत अवरुद्ध भएको उल्लेख गरे ।
मुस्ताङको थासाङ गाउपालिका—१ टुकुचेमा १३.६ मेगावार्डको थापाखोला हाईड्रो पावर संञ्चालन भए पनि हाईड्रोले उत्पादन गर्ने बिद्युत प्राधिकरणलाई बिक्री गरिसकेको छ ।
मुस्ताङको थासाङ गाउपालिका—१ टुकुचेमा १३.६ मेगावार्डको थापाखोला हाईड्रो पावर संञ्चालन भए पनि हाईड्रोले उत्पादन गर्ने बिद्युत प्राधिकरणलाई बिक्री गरिसकेको छ । मुस्ताङका ४ स्थानीय तहमा बिद्युत लाईन विस्तार भएको छ । मुस्ताङलाई पिक समयमा करिव ८ सय किलोवार्ड बिद्युत खपत हुने र मुस्ताङलाई मात्र विद्युत उत्पादन गर्दा कम्पनीले घाटा व्यवहोर्नु पर्ने भएकाले थापाखोलाले बिद्युत उत्पादन गर्न सकस परेको जनाईएको छ ।
फोटो क्याप्सन : मुस्ताङको जोमसोममा चरण लोड सेटिङको बिरोध गर्दै महिलाहरुको धर्ना




