गोरखाको पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट बलात्कार आरोपमा पक्राउ परेका छन् ।
रानाभाटलाई प्रहरीले सोमबार साँझ निवासबाट पक्राउ गरेको हो ।
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उजुरी परेपछि रानाभाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले बताए ।
रानाभाटलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ । रानाभाट तत्कालिन नयाँ शक्तिबाट वडाध्यक्ष चुनिएका थिए ।





