गण्डकी सेरोफेरो

स्याङ्जामा बसको ठक्करबाट २ जनाको मृत्यु

स्याङ्जाको भीरकोटमा आज अपराह्न बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार वालिङबाट हेलुतर्फ जाँदै गरेको पायोनियर हायर एजुकेसन ऐकेडेमीको ग १ क ४३७० नम्बरको बसले विपरित दिशाबाट आएको ग १३ प २८१४ नम्बरको मोटरसाइकललाई भीरकोट–१ दार्सिङस्थित सिद्धार्थ राजमार्गमा ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । उनका अनुसार स्याङ्जाको भीरकोट–३ बानेथोक देउराली घर भई हाल… पुरा पढौ

सेनाद्धारा निर्मित २५ लाखको प्रतिक्षालय घरपझोङलाई हस्तान्तरण

सेनाले मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोममा यात्रु प्रतिक्षालयसहितको एकतले पक्की शौचालय भवन निर्माण गरेको छ ।धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ भ्रमण गर्न आउने पर्यटक तथा तिर्थालुको सुविधाका लागि नेपाली सेनाको जोमसोम स्थित बज्रदल गणले २५ लाख लागतमा उक्त प्रतिक्षालयसहितको शौचालय भवन निर्माण गरेको हो । नेपाली सेनाले प्राकृतिक प्रकोप तथा विपत उद्दारमा मात्र होईन ,जनहित र नागरिकको सेवा सुविधाका लागि पनि विभिन्न प्रकारको क्वीक पूर्वाधार निर्माण गर्दै आईरहेको छ ।नेपाली सेनाको… पुरा पढौ

राष्ट्रिय युवा संघ नेपालको मुस्ताङ जिल्ला ईञ्चार्जमा सम्राट गौचन

युवा संघ नेपालको बिहिबार काठमान्डौंमा बसेको बैठकले राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य सम्राट गौचनलाई मुस्ताङ जिल्ला ईञ्चार्जको थप जिम्मेवारी तोकेको छ । संघका केन्द्रिय संयोजक क. रामप्रसाद सापकोटा –दीपशिखा)को अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय युवा संघ नेपालको ७७ वटै जिल्ला ईञ्चार्ज र सहईञ्चार्जको जिम्मेवारी तोक्ने क्रममा गौचनलाई मुस्ताङ ईञ्चार्जको रुपमा चयन गरेको हो । बैठकले यसअघि भएको राष्ट्रिय एकता भेला तथा केन्द्रिय कमिटीले दिएको म्याण्डेट अनुसार संगठनको संगठनात्मक एकताको निर्णय… पुरा पढौ

अपडेट छैन जिसस मुस्ताङको वेबसाइट

समन्वय समिति मुस्ताङको बारेमा जानकारी दिनको लागि भनेर वेबसाइट बनाइएको छ तर कर्मचारी फेरिएको महिना दिन पुग्न लाग्दा समेत वेबसाइटमा भने पुरानै कर्मचारीलाई बर्तमान भनेर देखाइएको छ । तत्कालिन जिल्ला समन्वय अधिकारी पुष्पराज कटवाल सरुवा भएर उनको ठाउँमा तिर्थराज खनाल आएको समेत महिना दिन पुग्न लागिसक्यो तर हालसम्म वेबसाइट अपडेट गरिएको छैन । त्यस्तै तत्कालिन सूचना अधिकारी केदार सिंह थापा समायोजन भएर हाल घरपझोङ गाउँपालिकामा कार्यरत छन् तर वेबसाइटबाट उनको… पुरा पढौ

स्याङजाको पहिरोमा एकै परिवारको ९ जनाको निधन, १ को उद्दार

स्याङजाको वालिङ नगरपालिका १४ तमादीमा गएको पहिरोमा परी एकै परिवारका ९ जनाको मृत्युभएको छ । माया नेपालीको घर विहीबार बिहान पहिरोले पुरिएको हो । पहिरोमा पारी एकै परिवारका ९ जनाको मृत्युभएको छ । एकजनाको भने उद्दार गरिएको छ । उद्दार गरिएकी युवतीलाई थप उपचारको लागि पोखरा ल्याइएको छ । मृत्यु हुनेमा ६० वर्षिय सेनी नेपाली, ४८ वर्षिय माया नेपाली, ३४ वर्षिय दिपक नेपाली, २८ वर्षिय कुलदिप नेपाली, १५ वर्षिय विक्रम(शिशिर)… पुरा पढौ

विकास योजना अनुगमनमा दौडधुप सांसद बिष्ट

गण्डकी प्रदेशका माननीय सांसद ईन्द्रधारा बिष्ट यतिबेलो उपल्लो मुस्ताङमा भईरहेको प्रदेश स्तरीय विकास योजना अनुगमन गर्नेमा दौडधुप गरेका छन् । केही विकास योजना अनुगमन गर्ने क्रममा उनले भइंरहेको विकासमा सन्तोषजनक हुन नसकेको बताएका छन् । विश्व व्यापी फैलिएको नोवलकोरोना भाईरस ( कोभिड—१९ का कारण केही हाल फुर्सदिलो बनेका सांसद बिष्टले गत शुक्रबार देखि आफु निर्वाचित क्षेत्रको विकास योजना अनुगमन गरेका हुन् । सांसद बिष्ट उपल्लो मुस्ताङको प्रदेश क बाट निर्वाचित… पुरा पढौ

मुस्ताङ ः ग्रीन जोन सावित गर्न स्वाब संकलन

कोरोनामुक्त भनिएको मुस्ताङमा शनिबार नमूना स्वाब संकलन भएको छ । मुस्ताङ जिल्ला अस्पताल जोमसोम र लेते प्राथमिक स्वास्थ्य चौकीले सदरमुकाम जोमसोम र म्याग्दी र मुस्ताङको सिमाना घासामा अलग—अलग नमूना स्वाब संकलन गरेको जनाईएको छ । जिल्ला अस्पताल जोमसोमको पहलमा स्थानीयतहको स्वास्थ्य शाखा,प्रशासन र सुरक्षाकर्मीको समन्वयमा ५२ जनाको नमूना स्वाब संकलन भएको अस्पतालका निमित्त मेसु शिव भण्डारीले जानकारी दिए ।यस्तै ,मुस्ताङको थासाङ—४ घासामा १५ जनाको नमूना स्वाब संकलन भएको वडाध्यक्ष विशाल… पुरा पढौ

कालिज फार्ममा पस्यो चितुवा

म्याग्दीको बेनी नगरपालिका–४ सिंगास्थित हरियाली ग्रुपको कालिज फार्मभित्र पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता केन्द्र चितवनबाट आएको डार्टिङ टोलीले शुक्रबार राति चितुवालाई जिवितै नियन्त्रणमा लिएको हो । डार्टगनको सहायताले लठ्याउने सुई लगाएर चितुवालाई नियन्त्रणमा लिएर खोरबाट बाहिर निकालिएको डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले जानकारी दिए । जैविक विविधता संरक्षण केन्द्रका पशु चिकित्सक अमिर सडौला, भेटनरी प्राविधिक किरणराज रिजाल, वन्यजन्तु प्राविधिक दिप्रसाद… पुरा पढौ

ढोरपाटनका पीडितलाई पोखराबासी बागलुङेको साथ

बागलुङको ढोरपाटन वडा नं ८ र ९ का पीडितलाई पोखराबासी बागलुङेले सहयोग गरेका छन् । उनीहरुले १ लाख ७८ हजार ६ सय पीडितका लागि पठाएको बागलुङ समाज पोखराका अध्यक्ष सुनिल पाण्डेले जानकारी दिए । ढोरपाटन नगरपालिका र आसपासका क्षेत्रमा गत बुधबार राति आएको भीषण बाढी, पहिरोमा परी २१ जनाको मृत्यु भएको थियो भने अझै १७ जना बेपत्ता छन् । बागलुङ समाज पोखराले संकलन गरेको ६३ हजार ६ सय, गलकोट समाज… पुरा पढौ

ताराखोलामा चट्याङबाट १ को मृत्यु

बागलुङको ताराखोला गाँउपालिकामा चट्याङबाट एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो साढे २ बजे परेको चट्याङबाट भीमबहादुर बस्नेतको मृत्यु भएको हो । ताराखोला ३ सिलमारेका २२ बर्षीय बस्नेतलाई घरमा मोबाईल चार्जमा राख्ने क्रममा अचानक परेको चट्याङ टाउकोमा लागेको थियो । टाउकोमा गहिरो चोट लागेका उनलाई तत्काल उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र हरीचौर गलकोट बागलुङ लगिएकोमा राति साढे ११ बजे बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं