स्याङजाको पहिरोमा एकै परिवारको ९ जनाको निधन, १ को उद्दार

स्याङजाको वालिङ नगरपालिका १४ तमादीमा गएको पहिरोमा परी एकै परिवारका ९ जनाको मृत्युभएको छ । माया नेपालीको घर विहीबार बिहान पहिरोले पुरिएको हो । पहिरोमा पारी एकै परिवारका ९ जनाको मृत्युभएको छ ।

एकजनाको भने उद्दार गरिएको छ । उद्दार गरिएकी युवतीलाई थप उपचारको लागि पोखरा ल्याइएको छ । मृत्यु हुनेमा ६० वर्षिय सेनी नेपाली, ४८ वर्षिय माया नेपाली, ३४ वर्षिय दिपक नेपाली, २८ वर्षिय कुलदिप नेपाली, १५ वर्षिय विक्रम(शिशिर) नेपाली, ९ वर्षिया विविश नेपाली, २१ वर्षिया विनिता (बुहारी), पाहुना बन्न आएकी बहिनी ३० वर्षिया उमा नेपाली र छ महिनाकी बालक समीर नेपाली रहेका छन। १८ वर्षिय मनिषा नेपालीको भने उद्दार गरिएको छ ।