राष्ट्रिय युवा संघ नेपालको मुस्ताङ जिल्ला ईञ्चार्जमा सम्राट गौचन

युवा संघ नेपालको बिहिबार काठमान्डौंमा बसेको बैठकले राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य सम्राट गौचनलाई मुस्ताङ जिल्ला ईञ्चार्जको थप जिम्मेवारी तोकेको छ ।

संघका केन्द्रिय संयोजक क. रामप्रसाद सापकोटा –दीपशिखा)को अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय युवा संघ नेपालको ७७ वटै जिल्ला ईञ्चार्ज र सहईञ्चार्जको जिम्मेवारी तोक्ने क्रममा गौचनलाई मुस्ताङ ईञ्चार्जको रुपमा चयन गरेको हो ।

बैठकले यसअघि भएको राष्ट्रिय एकता भेला तथा केन्द्रिय कमिटीले दिएको म्याण्डेट अनुसार संगठनको संगठनात्मक एकताको निर्णय बमोजिम गौचनलाई ईञ्चार्जको जिम्मेवारी निर्वाह गर्न सर्कुलर गरेको छ । युवा संघ नेपालको बैठकले मुस्ताङका लागि सहईञ्चार्जको रुपमा भोजबहादुर थापालाई समेत जिम्मेवारी तोकेको छ ।

मुस्ताङको थासाङ गाउँपालिका—४ घासाका स्थानीय सम्राट गौचनको राजनितिक यात्रा २०६२÷०६३ सालको जनआन्दोलनदेखि सुरु भएको हो । गौचन जनआन्दोलनपछि नेकपा(एमाले) समर्थित युवा संघको युथ फोर्स विभागको सदस्य र ललितपुर जिल्ला वडा—१५ को युथ फोर्स कोषाध्यक्ष भई जनआन्दोलनको अगुवाई गरेका थिए ।

२०६९ सालमा युवा संघको बुटवल महाधिवेशनबाट संघको लेखा आयोग सदस्यको रुपमा काम गरे भने २०७४ सालमा पुष्पलाल प्रतिष्ठानमा भएको राष्ट्रिय युवा संघको बैठकबाट केन्द्रिय सदस्यमा मनोनित भएका थिए ।

यस्तै ,२०७५ साल जेठ ३ गते एमाले र माओवादी पार्टी एकिकरणपछि राष्ट्रिय युवा संघ नेपालको पूर्ण गठित केन्द्रिय सदस्यको रुपमा जिम्मेवारी निभाउँदै आएका छन् ।