विकास योजना अनुगमनमा दौडधुप सांसद बिष्ट

- सांसद बिष्ट आफु निर्वाचित क्षेत्रको योजना अनुगमन गर्दै ।

गण्डकी प्रदेशका माननीय सांसद ईन्द्रधारा बिष्ट यतिबेलो उपल्लो मुस्ताङमा भईरहेको प्रदेश स्तरीय विकास योजना अनुगमन गर्नेमा दौडधुप गरेका छन् । केही विकास योजना अनुगमन गर्ने क्रममा उनले भइंरहेको विकासमा सन्तोषजनक हुन नसकेको बताएका छन् ।

विश्व व्यापी फैलिएको नोवलकोरोना भाईरस ( कोभिड—१९ का कारण केही हाल फुर्सदिलो बनेका सांसद बिष्टले गत शुक्रबार देखि आफु निर्वाचित क्षेत्रको विकास योजना अनुगमन गरेका हुन् । सांसद बिष्ट उपल्लो मुस्ताङको प्रदेश क बाट निर्वाचित सांसद हुन् । शुक्रबार देखि उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउपालिकामा भईरहेको विभिन्न २ दर्जन बढी विकास योजनाको सांसद विष्टले अनुगमन गरेका छन् ।

अनुमगनका क्रममा उनले लोमान्थाङ रिङरोड , स्थानीयतहमा भईरहेको विभिन्न स्थानको मोटर बाटो निर्माण ,भौतिक संरचना . सिचाई आयोजना लगायत पूर्वाधारको अनुमगन तथा निरीक्षणमा खटिएको जानकारी दिए ।सांसद बिष्टले आफु निर्वाचितक्षेत्रको पूर्वाधार विकास योजना सोचे अनुरुप सन्तोषजनक नपाईएको बताए ।

सांसद बिष्टले कोरोना कहरमा पनि विकास योजनाको काम भईरहेको र आयोजनाको काम गर्दा निर्माण कम्पनी,ठेकेदार ,सरोकारवाला र संम्वन्धित कार्यालयका प्राविधिक तथा कर्मचारीले विकास योजनाको काममा गति दिन र गुणस्तरलाई ध्यानमा राखेर काम गर्न सुझाएका छन् /