ताराखोलामा चट्याङबाट १ को मृत्यु

बागलुङको ताराखोला गाँउपालिकामा चट्याङबाट एक जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो साढे २ बजे परेको चट्याङबाट भीमबहादुर बस्नेतको मृत्यु भएको हो । ताराखोला ३ सिलमारेका २२ बर्षीय बस्नेतलाई घरमा मोबाईल चार्जमा राख्ने क्रममा अचानक परेको चट्याङ टाउकोमा लागेको थियो ।

टाउकोमा गहिरो चोट लागेका उनलाई तत्काल उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र हरीचौर गलकोट बागलुङ लगिएकोमा राति साढे ११ बजे बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।