गण्डकी सेरोफेरो

प्रदेश सांसद बिष्टले दिए सुभ-कामना

हिमाली जिल्ला मुस्ताङको प्रदेश निर्वाचनक्षेत्र ‘क’बाट निर्वाचित सांसद ईन्द्रधारा बिष्टले एक प्रेष विज्ञप्ती जारी गर्दै संम्पूर्ण मुस्ताङबासी तथा समस्त नेपाली दाजुभाई तथा दिदीबहिनी लगायतलाई बडादशै ,दिपावली र नेपाल सम्वत २०७७ को सुभ—कामना व्यक्त गरेका छन् । सांसद बिष्टद्धारा हस्ताक्षरित सूभ—कामना बिज्ञप्तीमा नेपाली समूदायले मनाउने विभिन्न सांस्कृतिक पर्वहरुले धार्मिक सहिष्णुता,भातृत्व र भावनात्मक एकतामा बल पुग्ने जनाएका छन् । नेपालमा मनाईने यसप्रकारका विभिन्न चाडपर्वहरुले नेपाली समुदायमा राष्ट्रिय भावना जागृत गर्न योगदान पुग्ने… पुरा पढौ

भिटोफ मुस्ताङमा निरज थकाली

गाउँ पर्यटन प्रर्वंद्र्धन मञ्च नेपाल ( भिटोफ )को मुस्ताङ जिल्ला संयोजकमा घरपझोङ गाउँपालिका वडा नं.—५ निवासी स्थानीय युवा निरज थकाली नियुक्त भएका छन् । गाउँ पर्यटन प्रर्वंद्र्धन मञ्च नेपाल ( भिटोफ )का अध्यक्ष नवराज अधिकारीद्धारा गत असोज २८ गते जारी हस्ताक्षरित पत्रका आधारमा थकालीलाई भिटोफको मुस्ताङ जिल्ला संयोजक तोकिएको हो । यसअघि गाउँ पर्यटन प्रर्वंद्र्धन मञ्च नेपाल ( भिटोफ )को विधान बमोजिम गण्डकी प्रदेशको २०७७ साल भदौ २५ गते बसेको… पुरा पढौ

पिसिआर रिपोर्ट आउनै ढिलाई ,तनाबमा मुस्ताङी

यतिबेला मुस्ताङी तनाव छन् । काठमान्डौंबाट हालै मुस्ताङ आएकी एक स्थानीय महिलाको उपचारका क्रममा काठमान्डौंमा मृत्यु भएपछि मुस्ताङीहरुमा कोरोना तनाव बढेको हो । ति महिलाको ठेगाना वारागुङ मुक्तिक्षेत्र कागबेनी भएपनि काठमान्डौ बसोबास गर्ने थिईन । सामान्य बिरामी अवस्थामा रहेकी ति महिलाको स्वास्थ्य अवस्था गम्भिर बनेको थियो । उनलाई हेली मार्फत काठमान्डौं पू¥याईएको थियो । उनको काठमान्डौको मेडिसीटी अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भएको थियो । उनको मृत्युपछि कोरोना परीक्षण गराईएको… पुरा पढौ

महामारी नियन्त्रण गर्न बागलुङ प्रहरी सक्रिय

बागलुङमा कोरोना संक्रमित बढेसँगै बागलुङ बजारमा आज व्यापारी तथा पदयात्रीलाई मास्क वितरण गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख लोकेन्द्र श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ लगायतको टोलीले मास्क वितरण गरेको हो । प्रहरी प्रमुख लोकेन्द्र श्रेष्ठले माक्स लगाई सुरक्षित हुन अनुरोध गरे । सोमबारदेखि बागलुङमा प्रहरीले सुरक्षा व्यवस्थामा पनि कडाई गरेको छ । प्रहरी उपरिक्षक श्रेष्ठका अनुसार ब्यापारीहरूले पसलमा बस्दा मास्क लगाउनुपर्ने भने पदयात्रीले मास्क नलगाए वा अटेरी… पुरा पढौ

संरक्षित क्षेत्रमा घाईते कालो चील उपचार गर्दागर्दै म¥यो

जोमसोम—पछिल्लो समय हिमाली जिल्लामा पाईने दुर्लभ संरक्षित वन्यजन्तु तथा पंक्षी संकटमा पर्न थालेको पाईएको छ । मुस्ताङ घरपझोङ—५ ठिनी हुदै जाने तिलिचो पदमार्ग आसपास आखा नदेख्ने रोगले ३ वटा वन्यजन्तु नाउर भीरबाट लडेर मरेको एक महिनापछि फेरी एक अर्थसंरक्षित कालो चील पंक्षी घाईत भई मरेको अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप जोमसोमले जनाएको छ । एक्याप जोमसोमका अनुसार असोज २२ गते मुस्ताङको घरपझोङ गापा—१ छैरो गाउमा अवस्थित सामुदायिक विद्यालयको कम्पाण्डमा उक्त कालो… पुरा पढौ

भिसेरा रिपोर्ट छिटो ÷छरितो सार्वजनिक गर्नुपर्ने माग राख्दै स्थानीयको प्रर्दशन ःभिडियो रिपोर्ट

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—१ पर्ने ४ गाउँका स्थानीयले गत श्रावण २४ गते मुक्तिनाथमा एक ८२ वर्षिया बृद्ध महिलाको शव भेटिएकोबारे छिटो÷छरितो न्यायिक अनुसन्धान गनुपर्र्ने तथा मृत महिलाको पठाईएको शवको चाँडो भन्दा चाँडो भिसेरा रिपोर्ट सार्वजनिक गर्नुपर्ने माग राख्दै सोमबार मुस्ताङ सदरमुकाम जोमसोममा दबावमूलक प्रर्दशन गरेका छन् । वारागुङ मुक्तिक्षेत्र गापा—१ मुक्तिनाथमा घटेको घटनाको २ महिना लामो समय बितिसक्दा समेत प्रहरीले सत्यतथ्य बाहिर ल्याउन नसकेको भन्दै स्थानीयबासीले प्लेकार्ड र ब्यानरसहित प्रहरीलाई दबाव… पुरा पढौ

स्याङ्जामा बसको ठक्करबाट २ जनाको मृत्यु

स्याङ्जाको भीरकोटमा आज अपराह्न बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार वालिङबाट हेलुतर्फ जाँदै गरेको पायोनियर हायर एजुकेसन ऐकेडेमीको ग १ क ४३७० नम्बरको बसले विपरित दिशाबाट आएको ग १३ प २८१४ नम्बरको मोटरसाइकललाई भीरकोट–१ दार्सिङस्थित सिद्धार्थ राजमार्गमा ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । उनका अनुसार स्याङ्जाको भीरकोट–३ बानेथोक देउराली घर भई हाल… पुरा पढौ

सेनाद्धारा निर्मित २५ लाखको प्रतिक्षालय घरपझोङलाई हस्तान्तरण

सेनाले मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोममा यात्रु प्रतिक्षालयसहितको एकतले पक्की शौचालय भवन निर्माण गरेको छ ।धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ भ्रमण गर्न आउने पर्यटक तथा तिर्थालुको सुविधाका लागि नेपाली सेनाको जोमसोम स्थित बज्रदल गणले २५ लाख लागतमा उक्त प्रतिक्षालयसहितको शौचालय भवन निर्माण गरेको हो । नेपाली सेनाले प्राकृतिक प्रकोप तथा विपत उद्दारमा मात्र होईन ,जनहित र नागरिकको सेवा सुविधाका लागि पनि विभिन्न प्रकारको क्वीक पूर्वाधार निर्माण गर्दै आईरहेको छ ।नेपाली सेनाको… पुरा पढौ

राष्ट्रिय युवा संघ नेपालको मुस्ताङ जिल्ला ईञ्चार्जमा सम्राट गौचन

युवा संघ नेपालको बिहिबार काठमान्डौंमा बसेको बैठकले राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य सम्राट गौचनलाई मुस्ताङ जिल्ला ईञ्चार्जको थप जिम्मेवारी तोकेको छ । संघका केन्द्रिय संयोजक क. रामप्रसाद सापकोटा –दीपशिखा)को अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय युवा संघ नेपालको ७७ वटै जिल्ला ईञ्चार्ज र सहईञ्चार्जको जिम्मेवारी तोक्ने क्रममा गौचनलाई मुस्ताङ ईञ्चार्जको रुपमा चयन गरेको हो । बैठकले यसअघि भएको राष्ट्रिय एकता भेला तथा केन्द्रिय कमिटीले दिएको म्याण्डेट अनुसार संगठनको संगठनात्मक एकताको निर्णय… पुरा पढौ

अपडेट छैन जिसस मुस्ताङको वेबसाइट

समन्वय समिति मुस्ताङको बारेमा जानकारी दिनको लागि भनेर वेबसाइट बनाइएको छ तर कर्मचारी फेरिएको महिना दिन पुग्न लाग्दा समेत वेबसाइटमा भने पुरानै कर्मचारीलाई बर्तमान भनेर देखाइएको छ । तत्कालिन जिल्ला समन्वय अधिकारी पुष्पराज कटवाल सरुवा भएर उनको ठाउँमा तिर्थराज खनाल आएको समेत महिना दिन पुग्न लागिसक्यो तर हालसम्म वेबसाइट अपडेट गरिएको छैन । त्यस्तै तत्कालिन सूचना अधिकारी केदार सिंह थापा समायोजन भएर हाल घरपझोङ गाउँपालिकामा कार्यरत छन् तर वेबसाइटबाट उनको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं