महामारी नियन्त्रण गर्न बागलुङ प्रहरी सक्रिय

बागलुङमा कोरोना संक्रमित बढेसँगै बागलुङ बजारमा आज व्यापारी तथा पदयात्रीलाई मास्क वितरण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख लोकेन्द्र श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ लगायतको टोलीले मास्क वितरण गरेको हो । प्रहरी प्रमुख लोकेन्द्र श्रेष्ठले माक्स लगाई सुरक्षित हुन अनुरोध गरे ।

सोमबारदेखि बागलुङमा प्रहरीले सुरक्षा व्यवस्थामा पनि कडाई गरेको छ । प्रहरी उपरिक्षक श्रेष्ठका अनुसार ब्यापारीहरूले पसलमा बस्दा मास्क लगाउनुपर्ने भने पदयात्रीले मास्क नलगाए वा अटेरी गरे कारवाही गरिनेछ । उनले बागलुङमा शान्ति, सुरक्षा कायम गर्न र अहिलेको माहामारीमा सजगता अपनाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नछोड्ने श्रेष्ठले प्रतिवद्धता गरे ।