गण्डकी सेरोफेरो

लायन्स प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरस् मिट पोखरामा सम्पन्न

पोखरामा प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरस् मिट आज सम्पन्न भएको छ । लायन्स मल्टिपल ३२५ नेपाल अन्तर्गत डिष्ट्रिक्ट ३२५ ए वानका लायन रेवत बहादुर कार्की, ए टु का लायन केशव पाण्डे, बि वान का लायन विश्वेश्वर आचार्य र बि टु का लायन रामप्रसाद भट्ट गरी चार जना प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरहरुसँगको भेटघाट कार्यक्रम लेकसाइड स्थित स्वीस इन्टरनेशनल होटल सरोवरमा आज सम्पन्न भएको हो । डिष्ट्रिक्ट ३२५ बि १ नेपालका प्रथम भाइस… पुरा पढौ

पत्रकार महासंघ मुस्ताङ शाखासंग सहकार्य गछौं’ अध्यक्ष थकाली

नेपाल पत्रकार महासंघ मुस्ताङ शाखासंग मुस्ताङका स्थानीय तहले समन्वय र सहकार्य गर्नुपर्ने घरपझोङ गाउपालिकाका अध्यक्ष आशबहादुर थकालीले बताएका छन् ।नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको शनिवार संम्पन्न नवौं वार्षिक साधारण सभा कार्यक्रमको समुद्घाटनका क्रममा प्रमुख अतिथि अध्यक्ष थकालीले जिल्लाको समग्र विकास सुशासन र समृद्धिका लागि पत्रकारहरुको योगदान महत्वपूर्ण हुने भएकाले पत्रकार महासंघ मुस्ताङ शाखासंग सहकार्य गर्न आफुहरु तयार रहेको जनाए । अध्यक्ष थकालीले मुस्ताङ जिल्लाको पत्रकारीता आफैैमा चुनौतिपूर्ण भएको र यहाको… पुरा पढौ

देश ब्यापी बिरोध कार्यक्रम हुदाँ मुस्ताङ कांग्रेसलाई शोक

मुस्ताङ—नेपाली कांगेसले सरकारको कार्यशैली बिरुद्ध सोमबार देश ब्यापी बिरोध प्रर्दशन गर्ने कार्यक्रम तय हुदै गर्दा मुस्ताङ कांग्रेसलाई शोक परेको छ ।जिल्ला कार्यसमिति मुस्ताङकी सदस्य एवं थासाङ गाउपालिका—२ की कांग्रेस पार्टी सभापती श्रीमती पुष्पा शेरचनको असामयिक निधनले मुस्ताङं कांगेसमा शोक परेको हो ।नेपाली कांगेस मुस्ताङले सोमबार प्रेष बिज्ञप्ती मार्फत शेरचनको निधनले पार्टीलाई स्तब्ध बनाएको उल्लेख गर्दै शोक बक्तब्य निकालेको हो । नेपाली काग्रेस जिल्ला कार्यसमिति मुस्ताङका कार्यवाहक सभापती नर्वु गुरुङ तथा… पुरा पढौ

टुकुचेको झोमो फाँटमा सिँचाइ सुविधा

हिमाली जिल्ला मुस्ताङको टुकुचेका किसानले चिसो मौसममा रातको समयमा पालो कुरेर खेतवारीमा पानी लगाउने समस्या टरेको छ । गण्डकी प्रदेश सरकारले टुकुचेको झोमो फांटमा २ करोड ३० लाखको लागतमा नजिकैको थापाखोलाबाट १५ सय मिटरको नहरबाट पानी लगेर पोखरी निर्माण गरी सिचाइ गर्न थालेपछि स्थानियहरुले रातको समयमा पालो कुरेर पानी लगाउने समस्याबाट मुक्ति मिलेको हो । कच्ची नहरबाट पानी लगी ढलान नभएको पोखरीबाट सिचाइ गर्नुपर्दा मुस्किलले ३० देखी ३५ दिनमा पालो… पुरा पढौ

कैलाश एयरको हेलिकप्टर चरासँग ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण

बागलुङबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर चरासँग ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण गरेको छ । हेलिकप्टरमा रहेका वीर जंङ भण्डारी, सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गिता मल्ल तथा चालकको अवस्था समान्य रहेको बताईएको छ । पुरा पढौ

बागलुङका युवा पोखरामा मृत फेला

पोखराको पृथ्वीचोक स्थित बसपार्कमा एक बसभित्र एक युवक मृत भेटिएका छन् । काँकडभिट्टाबाट बसमा पोखरा आएका बाग्लुङका २८ वर्षीय दिवस केसी बसको दुई तर्फका सिटको बीचमा हिड्ने बाटोमा मृत भेटिएका हुन् । बसभित्र उनी मृत फेला परेको, मुखमा रगत बगेको देखिएको घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । पुरा पढौ

बाग्लुङको बडिगार्डमा जीप दुर्घटना, २ को मृत्यु

बाग्लुङको बडिगार्ड गाउँपलिकामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सोमबार बिहान पौने ९ बजे बडिगार्ड गाउँपालिका ५ दाँगा स्थित भित्री कच्ची सडक खण्डमा बडिगार्ड ५ सुरखुरेबाट खारातर्फ आउँदै गरेको लु १ ज ४३७० नम्वरको पिकअप जीप सडकदेखी अन्दाजी ४ सय मिटर तल खसेको हो । दुर्घटनामा जिल्ला बागलुङ, बडिगार्ड गाउपालिका ५ दागा बस्ने वर्ष २२ की टेकमाया राना र उनकी छोरी ७।८ महिनाकी छायाँ रानाको घटनास्थलमै मृत्यु… पुरा पढौ

छोसेरको एक घरमा आगलागी

जिल्ला मुस्ताङको लोमान्थाङ गाउँपालिका—१ छोसेरको सिंजा स्थित एक घरमा सोमबार साँझ आगोलागी भएको छ । स्थानीय लाक्पा ढिन्डुक गुरुङ एकतलाको ५ कोठे ढुङ्गा र माटोले बनेको घरमा आगालागी भएको जनाईएको छ ।मंसिर १ गते भाईटिकाको दिनमा मुस्ताङको उत्तरीक्षेत्रमा भारी हिमपात भएको थियो ।हिमपातसंगै अत्यधिक चिसो बढेकाले स्थानीय लाक्पा ढिन्डुक गुरुङको घरका एक बृद्ध सदस्यले घरमा एक्लै गुईठा बालेर आगो तापेर बसेको अवस्थामा साझ ७ बजे भिषण आगोलागी भएको दिव्यदिप माविका… पुरा पढौ

मुस्ताङ कांग्रेसकी महिला अभिभावक शेरचनको निधन

नेपाली कांग्रेस मुस्ताङले सोतन्त्रता सेनानीका एक योद्धा होनाहार जुझारु महिला कार्यकता गुमाएको छ ।लामो समय देखि नेपाली कांग्रेस मुस्ताङको सांगठनिक बिस्तार तथा बिभिन्न सामाजिककार्यमा सक्रिय रहेकी थासाङ गाउँपालिका—५ ताक्लुङकी ७४ वर्षिया शान्ताकुमारी शेरचनको आज शनिबार काठमान्डौं स्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मुस्ताङकी जुझारु कांग्रेस अभिभावक शेरचनको आजै काठमान्डौंमा अन्त्येष्टि गरिएको परिवार श्रोतले जनाएको छ । कांग्रेसकी महिला अभिभावक शेरचनको जन्म विस २००३ सालमा भएको थियो ।नेपाली… पुरा पढौ

मानहुँकोटको गुरुयोजना बन्दै, जग्गा विकासका लागि अध्ययन थालियो

तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा जग्गा विकासका लागि अध्ययन शुरु भएको छ । मानहुँकोटमा रहेका जग्गालाई व्यवस्थापन गर्दै विकास गर्ने उद्देश्यसहित नगरपालिकाले सोमबारदेखि अध्ययन शुरु गरेको हो । मानहुँकोटको गुरुयोजना निर्माण गर्ने तयारीमा रहेको नगरपालिकाले त्यसैका लागि जग्गाहरुको अध्ययन शुरु गरेको नगरपालिकाका इन्जिनीयर रवीन्द्रलाल मूलले जानकारी दिए। एक हप्ताको अवधिमा अध्ययन सम्पन्न गर्ने लक्ष्य राखिएको छ । “गुरुयोजना निर्माणका लागि यो अध्ययन अति आवश्यक छ, अध्ययनपश्चात् मानहुँकोटको गुरुयोजना निर्माणका लागि सहयोग… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं