देश ब्यापी बिरोध कार्यक्रम हुदाँ मुस्ताङ कांग्रेसलाई शोक

मुस्ताङ—नेपाली कांगेसले सरकारको कार्यशैली बिरुद्ध सोमबार देश ब्यापी बिरोध प्रर्दशन गर्ने कार्यक्रम तय हुदै गर्दा मुस्ताङ कांग्रेसलाई शोक परेको छ ।
जिल्ला कार्यसमिति मुस्ताङकी सदस्य एवं थासाङ गाउपालिका—२ की कांग्रेस पार्टी सभापती श्रीमती पुष्पा शेरचनको असामयिक निधनले मुस्ताङं कांगेसमा शोक परेको हो ।
नेपाली कांगेस मुस्ताङले सोमबार प्रेष बिज्ञप्ती मार्फत शेरचनको निधनले पार्टीलाई स्तब्ध बनाएको उल्लेख गर्दै शोक बक्तब्य निकालेको हो । नेपाली काग्रेस जिल्ला कार्यसमिति मुस्ताङका कार्यवाहक सभापती नर्वु गुरुङ तथा पार्र्टी सचिव फेञ्चोक छेप्तेन गुरुङद्धारा हस्ताक्षरित सयुक्त प्रेष बिज्ञप्तीमा शेरचनको निधनले मुस्ताङ काग्रेसलाई अपुरणीय क्षति पुगेको जनाएका छन्।
मुस्ताङ काग्रेसद्धारा जारी गरिएको प्रेष बिज्ञप्तीमा श्रीमती शेरचनको निधनले मुस्ताङ जिल्लाले मात्र नभई शिङ्गो मुलुकलेनै एक प्रजातान्त्रिक आन्दोलनको कर्मठ,निर्भिक र जुझारु योद्धा गुमाएको उल्लेख गरेको छ ।नेपाली कांगेस मुस्ताङका अनुसार दिवंगत शेरचनको सोमबार थासाङमा अन्त्येष्टि गरिएको छ ।
साथै बिज्ञप्तीमा नेपाली काग्रेसले नेकपा सरकारको कार्यसम्पादन तथा अधिनायकवाद, चरम भ्रष्टाचार,बेथिती र तनहुमा भएको पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति गरिएको धरपकड र ज्यादतीका बिरुद्ध सोमबार गर्ने भनीएको पूर्व निर्धारित बिरोध प्रर्दशनको कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

मुस्ताङमा बिरोध कार्यक्रम स्थगित भएपनि हिमाली जिल्ला मनाङमा समेत बिरोध प्रर्दशनको कार्यक्रम सफल पारेको जनाएको छ ।