बागलुङका युवा पोखरामा मृत फेला

पोखराको पृथ्वीचोक स्थित बसपार्कमा एक बसभित्र एक युवक मृत भेटिएका छन् ।

काँकडभिट्टाबाट बसमा पोखरा आएका बाग्लुङका २८ वर्षीय दिवस केसी बसको दुई तर्फका सिटको बीचमा हिड्ने बाटोमा मृत भेटिएका हुन् । बसभित्र उनी मृत फेला परेको, मुखमा रगत बगेको देखिएको घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।