मुस्ताङ कांग्रेसकी महिला अभिभावक शेरचनको निधन


नेपाली कांग्रेस मुस्ताङले सोतन्त्रता सेनानीका एक योद्धा होनाहार जुझारु महिला कार्यकता गुमाएको छ ।लामो समय देखि नेपाली कांग्रेस मुस्ताङको सांगठनिक बिस्तार तथा बिभिन्न सामाजिककार्यमा सक्रिय रहेकी थासाङ गाउँपालिका—५ ताक्लुङकी ७४ वर्षिया शान्ताकुमारी शेरचनको आज शनिबार काठमान्डौं स्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।


मुस्ताङकी जुझारु कांग्रेस अभिभावक शेरचनको आजै काठमान्डौंमा अन्त्येष्टि गरिएको परिवार श्रोतले जनाएको छ । कांग्रेसकी महिला अभिभावक शेरचनको जन्म विस २००३ सालमा भएको थियो ।नेपाली कांग्रेस मुस्ताङको थासाङ—५ की महिला अध्यक्ष शेरचन ताक्लुङ आमा समुहको पूर्व अध्यक्ष र ताक्लुङ आधारभुत विद्यालयको व्यवस्थापन समितिको पूर्व अध्यक्षमा रही जिम्मेवारी निर्वाह गरेकी थिईन् ।

नेपाली कांगेसमा आवद्ध शेरचनले जिवनकालसम्म राजनितिक तथा सामाजिकक्षेत्रमा योगदान गरेकी थिईन भने यसका साथै जिल्लामा हुने सामाजिक बिकृति÷बिसङ्गती ,कुरुती ,कुसंस्कार ,जातिय विभेद र लैङ्गिक असमानताको बिरुद्धमा निरन्तर आवाज उठाउदै आईरहेकी थिईन् ।शेरचनको पार्थिव शरीरमा नेपाली कांग्रेसका नेता तथा पूर्व वाणिज्यमन्त्री रोमी गौचनले थकालीले पार्टीको चारतारे झण्डा ओढाएर भावपूर्ण श्रद्धान्जली अर्पण गरे ।

पूर्व वाणिज्यमन्त्री रामी गौचन थकालीले मुस्ताङ कांग्रेसकी महिला अभिभावक शेरचनको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएका छन् ।उनले मुस्ताङ काँग्रेसले एक इमान्दार र कर्तव्यनिष्ठ प्रजातान्त्रिक महिला अभिभावक गुमाएकोमा गहिरो दुख व्यक्त गर्दै हार्दिक समवेदना प्रकट गरेका छन् ।