बाग्लुङको बडिगार्डमा जीप दुर्घटना, २ को मृत्यु

बाग्लुङको बडिगार्ड गाउँपलिकामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान पौने ९ बजे बडिगार्ड गाउँपालिका ५ दाँगा स्थित भित्री कच्ची सडक खण्डमा बडिगार्ड ५ सुरखुरेबाट खारातर्फ आउँदै गरेको लु १ ज ४३७० नम्वरको पिकअप जीप सडकदेखी अन्दाजी ४ सय मिटर तल खसेको हो । दुर्घटनामा जिल्ला बागलुङ, बडिगार्ड गाउपालिका ५ दागा बस्ने वर्ष २२ की टेकमाया राना र उनकी छोरी ७।८ महिनाकी छायाँ रानाको घटनास्थलमै मृत्यु भएको हो ।

सोही स्थानकी वर्ष ६० की गौमती रोक्का गम्भिर घाईते भएकी छिन् । जीपमा ५ जना सवार थिए ।