लायन्स प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरस् मिट पोखरामा सम्पन्न

पोखरामा प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरस् मिट आज सम्पन्न भएको छ । लायन्स मल्टिपल ३२५ नेपाल अन्तर्गत डिष्ट्रिक्ट ३२५ ए वानका लायन रेवत बहादुर कार्की, ए टु का लायन केशव पाण्डे, बि वान का लायन विश्वेश्वर आचार्य र बि टु का लायन रामप्रसाद भट्ट गरी चार जना प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरहरुसँगको भेटघाट कार्यक्रम लेकसाइड स्थित स्वीस इन्टरनेशनल होटल सरोवरमा आज सम्पन्न भएको हो । डिष्ट्रिक्ट ३२५ बि १ नेपालका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर लायन विश्वेश्वर आचार्यको निमन्त्रणामा अन्य तीन डिष्ट्रिक्टका आगामी वर्षका गभर्नरहरुलाई पोखरा बोलाइएको हो ।

पोखरा क्षेत्रका लायन्सका सिनियर लिडरहरुको उपस्थिीतिमा उनीहरुलाई स्वागत र सम्मान गरिएको थियो । स्वागत सम्मान ग्रहण गर्दै आगामी वर्षका चारैजना डिष्ट्रिक्ट गभर्नरहरुले स्वागत र सम्मानका लागी आभार प्रकट गर्दै नेपालमा लायनिजमका क्षेत्रमा आगामी वर्ष गर्ने कार्य योजनाहरुका वारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा लायन्स मल्टिपल ३२५ नेपालका एफ डब्लु सि को–अर्डिनेटर लायन दिपक श्रेष्ठ, लायन्स म्यागेजिनका चिफ एडिटर लायन धनराज आचार्य, मल्टिपल कन्भेन्सन चियरपर्सन पिडिजि लायन योगेन्द्र प्रधान, पिडिजी लायन ध्रुब थापा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दामु अधिकारी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगायतले लायन वर्ष २०२१-२२ का गभर्नरहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

रिजन चियरपर्सन लायन पुरुषोत्तम पराजुलीको संयोजकत्वमा सम्पन्न भाइस गभर्नरस् मिट कार्यक्रमकाे संचालन डिष्ट्रिक्ट जिएमटी को–अर्डिनेटर लायन दुर्गाप्रसाद हुमागाईले गरेका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनबाट केन्द्रीय सदस्यमा निर्वाचित पोखरा उद्योग वाणिज्य संघका बर्तमान अध्यक्ष दामु अधिकारीलाई सम्मान समेत गरिएको थियो ।