सरकारी कार्यालयका प्रमुखले लिए कोरोना सपथ

विभिन्न ठाउँमा कोरोना भाइरसको माहामारी नियन्त्रण गर्न विभिन्न उपाय अवलम्बन गरिएको छ । बागलुङमा भने सिडिओ सुरेश न्यौपानेले नयाँ तरिका अबलम्बन गरेका छन् ।

उनले बागलुङका सबै सरकारी कार्यालयका प्रमुखलाई कोरोना महामारीमा अपनाउनुपर्ने सुरक्षा सतर्कताबारे बिहीबार सपथ खुवाएका छन् । उनले भने, ‘पोजेटिभ भाइभ्रेसन ल्याउन गरेको हो ।मबाट सुरुआत गर्नुपर्छ भनेर यो सुरु गरेको हुँ । मैले पनि गरेँ ।’

उनले जिल्लामा संक्रिय संक्रमितको संख्या करिब १ सय २० रहेको र लकडाउन पनि गरिएको जानकारी दिए । सपथ लिएका कार्यालय प्रमुखहरुले मातहतका कर्मचारीहरुलाई सपथ गराउने उनको भनाइ छ ।

सपथका बुँदाहरु
कोरोना महामारी, मेरो जिम्मेवारी
१. म कोरोना भाइरस रोगबाट बाच्छु ।
२. यदि आफूलाई लागिहालेमा अरुलाई सार्नबाट जोगाउँछु ।
३. यसका लागि म जो कोहीसँग भेट्दा माक्स लगाउँछु ।
४. जो कोहीबाट २ मिटरभन्दा पर बस्छु र नजिक जानुपरे बढीमा १० मिनेटसम्म मात्र बस्छु ।
५. साथै, केही नयाँ चिज छुनासाथ साबुनपानीले हात मिचिमिची धुन्छु ।
६. ज्वरो आएमा, खोकी लागेमा, सास फेर्न गाह्रो भएमा, वासना र स्वाद थाहा नपाएमा , झाडापखाला, वान्ता हुने, जिउ दुख्ने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्यकर्मीलाई सम्पर्क गर्छु ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।