शुक्रबार दिउँसो स्याङ्जाको गल्याङ नगरपालिका ४ डुडेको आँधिखोला किनारमा एक पुरुषको शव फेला परेको छ ।
दिउँसो पौने १ बजे वतन नखुलेको करिब ५० वर्षको पुरुषको शव फेला परेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । मृतकको हुलिया ५ फिट ६ इन्च अग्लो, नीलो जिन्स पाइन्ट लगाएको, माथि कपडा नभएको, मंगोलियन जस्तो देखिने र माटो शरीर रहेको प्रहरीले जनाएको छ ।




