बाघको आक्रमणबाट महिला घाइते

file pix

पर्वतको जलजला गाउँपालिका ४ फड्के ढुङ्गामा एक महिला बाघको आक्रमणमा परी घाइते भएकी छिन् ।

बिहीबार साँझ ५१ वर्षकी सुभाकुमारी मल्ललाई जङ्गलमा घाँस काट्ने क्रममा अचानक बाघले आक्रमण गरी घाईते बनाएको हो ।

उनलाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल म्याग्दीमा ल्याई उपचार भईरहेको प्रहरीले जनाएको छ । मल्लको घाँटी, हात र खुट्टामा चोट लागेको छ ।