गल्याङमा पहिरोमा पुरिएर मृत्यु


गए राति गल्याङ नगरपालिका–९ साङ्लियामा पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ ।

गल्याङ–९ का वडाध्यक्ष हरिलाल खनालका अनुसार घरमाथिबाट पहिरो खस्दा कच्ची घरको गारो भत्किएपछि पुरिएर अन्दाजी ५० वर्षीय यमबहादुर विकको मृत्यु भएको हो । गम्भीर घाईते यमबहादुरलाई उपचारका लागि गल्याङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

श्रीमान्, श्रीमती र छोरा गरी तीन जना बस्दै आएको उक्त परिवारमा पुरिएर गम्भीर घाइते भएका यमबहादुरको बाटोमा मृत्यु भएको हो भने उनकी श्रीमतीको पाल्पास्थित मिसन अस्पतालमा उपचारका लागि लगिएको वडाध्यक्ष खनालले बताए । छोराको अवस्था सामान्य छ ।

अविरल वर्षाका कारण ग्रामीण कच्ची सडकमा पहिरो गई रुख ढलेका कारण राति समयमै अस्पताल पु¥याउन नसकिएको स्थानीयले बताएका छन् । घटनास्थलमा अहिले प्रहरी टोली गएकाले घटनाको पूर्ण विवरण आउन केही समय लाग्ने स्याङ्जाका प्रहरी उपरीक्षक विमलराज कँडेलले जानकारी दिए । रासस

file pix


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं