सरोकारवालासँग समन्वय गरी समस्या सुल्झाउँछु : न्यौपाने

बागलुङको प्रमुख जिल्ला अधिकारीमा सुरेश न्यौपाने आएका छन् । हालै जिम्मेवारी सम्हाल्न आइपुगेका न्यौपानेले पत्रकारहरुसँग भेटघाट गरेका छन् ।

कार्यक्रममा, सरकारी सवारी साधनको दुरुपयोग, रुपा हत्या काण्ड, कालिगण्डकी नदी दोहन, महिला हिंसा, कोभिड महामारी, स्थानिय निकायबाट सूचना प्रवाह हुन नसकेको, जिल्ला प्रसासन कार्यालयबाट समेत सूचना प्रवाहमा असहजता भएको र सेवा प्रवाहमा ढिलाइ जस्ता विषय सुल्झाउन पत्रकारहरुले सुझाव दिएका थिए ।

प्रजिअ न्यौपानेले विद्यमान समस्याहरु हल गर्नका लागि सम्बन्धित कार्यालय, संस्था र ब्यक्तिहरुसंग समन्वय गर्ने प्रतिवद्धता जनाए ।