एक्यान कास्कीको अन्तक्रिर्या कार्यक्रम सम्पन्न

नेपाल चार्टर्ड एकाउण्टेट संघ कास्की शाखाले विहीबार मौद्रिक नीति २०७७ माथि अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । एक्यान नेपालका उपाध्यक्ष रमेश कुमार धितालको संयोजनमा भएको उक्त कार्यक्रम नेपाल राष्ट्र बैंकबाट भर्खरै मात्र जारी भएको मौद्रिक नीति माथि छलफल गरिएको थियो । सागर लामिछानेको सञ्चालनमा भएको उक्त कार्यक्रममा एक्यानका अध्यक्ष आनन्द शर्मा वाग्ले, आइक्यानका उपाध्यक्ष युद्धराज ओली र नेपाल राष्ट्र बैंकका निर्देशक एवं पोखरा कार्यालय प्रमुख डा. डिल्ली राम पोखरेलले विषय वस्तु माथि आफ्नो भनाई रखेका थियो ।

पोखरा फाइनान्स लिमिटेडका वित्त विभाग प्रमुख दिपक न्यौपानेले विषय वस्तुमाथि आफ्नो प्रस्तुती दिदै मौद्रिक नीति माथि प्रकाश पार्नुका साथै बैंक वित्तीय संस्थामा यसको आवश्यकता तथा कार्यान्वयनका सम्बन्धमा देखिएका चुनौतीहरु माथि भनाई रखेका थियो । एक्यानका केन्द्रिय सदस्य अनिल लामिछानेले यस प्रकारको कार्यक्रमले सम्पूर्ण क्षेत्रलाई लाभ हुने र विषय वस्तु माथि प्रकाश पार्न सहयोग पु¥याउने भनाई रखेका थियो।