बागलुङ-पोखरा राजमार्ग १७ घण्टा देखि ठप्प !

- खुलाउने प्रयास जारी

पहिरोका कारण बागलुङ पोखरा सडक खण्ड अवरुद्ध भएको छ ।
पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर-८ चुवामा सडक माथिवाट खसेको पहिरोका कारण बागलुङ- पोखरा राजमार्ग १७ घण्टा देखि अवरुद्ध भएको हो ।
अवीरल रुपमा परेको बर्षाका कारण सोमबार साँझ ६ बजे खसेको पहिरोका कारण यातायात पुर्ण रुपमा अवरुद्ध भएको छ ।

शोमवार साँझ खसेको पहिरो तत्कालै पन्छाउने प्रयास गरिएपनि राति पु:न पहिरो खसेर अवरुद्ध भएको थियो ।

मंगलवार बिहानै देखि पहिरो पन्छायर शडक सुचारु गर्न सडक सुरु गरिएपनि निकै ठुला ठुला ढुङ्गा भएकाले सडक सुचारु गर्न अझैं ६ घण्टा लाग्नसक्ने पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी देवि पाण्डे खत्रिले वताइन ।

“बिहानै देखि पहिरोको दुबैतर्फवाट एक्साभेटरको प्रयोग गरि पहिरो पन्छाउने कार्य भइरहेको छ, ठुला ठुला ढुङ्गा भएकाले अझैं करिव ६ घण्टा लाग्नसक्ने देखिन्छ” खत्रिले भन्नुभयो “थप पहिरो नथपिएमा साँझ सम्ममा खुलाउन सकिने गरि मेसिन लगाइएको छ, साँघुरो ठाउँ भएकाले समय लाग्ने देखिन्छ” ।
यातायात ठप्प हुँदा बिरामी तथा अत्यावश्यक कामले पोखरा, काठमाडौं हिडेका र जिल्ला फर्कने हजारौं यात्रुहरु अलपत्र परेका छन् ।

पहिरोका कारण केन्द्रीय प्रशारण लाइनका पोलहरु पुरिएका कारण धौलागिरि अञ्चलका चारवटै जिल्लाको बिद्धुत सेवा समेत अवरुद्ध भएको छ भने बिद्धुतको सुचारुका लागि अवरुद्ध लाइन बनाउने कार्य भइरहेकोले अबको २ घण्टा भित्र बिद्धुत सेवा सुचारु हुने नेपाल बिद्धुत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिव नारायण घोसालिले बताउनुभयो ।