गण्डकी सेरोफेरो

कृष्ण थापाको पुनर्बहालीका लागि अन्तरिम आदेश भएन

गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएका कृष्ण थापालाई सर्वोच्च अदालतले पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको इजलासले थापालाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । ‘निवेदक थापालाई सुनुवाइको मौकासमेत प्रदान गरी राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८, ३२ र ३४ समेतका दलत्यागसम्बन्धी कानुनी प्रावधानका आधारमा प्रदेशसभा सदस्य पदबाट हटाएको देखिएको र निवेदकले उठाउनुभएका अन्य कानुनी प्रश्नहरुको… पुरा पढौ

बिरौटाको किसान बजारमा कोल्ड रुम स्थापना

उत्पादक र उपभोक्तालाई एउटै थलोमा जोड्ने लक्ष्यका साथ पोखरा १७ बिरौटामा सञ्चालन गरिएको किसान बजारमा कोल्ड रुम स्थापना गरिएको छ । पोखरा महानगरपालिकाको सहयोगमा सञ्चालित कृषि बजारमा कृषकले उत्पादन गरेका कृषि उपजको संरक्षण एवम् बजारीकरणमा सहयोग पु¥याउने उदेश्यका साथ कोल्ड रुम स्थापना गरी सञ्चालनमा ल्याइएको हो । ३ टन क्षमता रहेको सो कोल्ड रुम फलपूmल तथा तरकारी मूल्य श्रृखला विकास आयोजनाको ४ लाख ८० हजार लागतमा स्थापना गरिएको किसान बजार… पुरा पढौ

गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख फेरिए

सरकारले दुई प्रदेशका प्रदेश प्रमुख फेरेको छ। केपी शर्मा ओली सरकारले प्रदेश प्रमुख बनाएका गण्डकीकी सीता पौडेल र लुम्बिनीका धर्मनाथप्रसाद यादवलाई अहिले हटाइएको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीमा पृथ्वीबहादुर गुरूङ र लुम्बिनीमा अमिक शेरचनलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो। लुम्बिनीका प्रदेश प्रमुख बनेका शेरचन यसअघि गण्डकीका प्रदेश प्रमुख थिए। नेकपा एमाले विघटन भएपछि ओली सरकारले उनलाई हटाएर पौडेललाई गण्डकीकी प्रदेश प्रमुख बनाएको थियो। नयाँ प्रदेश प्रमुख बनाउँदा… पुरा पढौ

पर्यटन व्यवसायीलाई १ करोडको राहत प्याकेज

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले आइतबार पदभार ग्रहण गरेका छन् । मन्त्री शर्मालाई मन्त्रायलका सचिव डा महेश्वर ढकाल, महाशाखा प्रम¬ख उमा गौतम कोइराला, इमनाथ कँडेल, गोकुल शर्मा पौडेल लगायतले स्वागत गरेका थिए । मन्त्री शर्माले पदभार ग्रहणसँगै २ महत्वपूर्ण निर्णय लिएका छन् । शर्माले कोभिड प्रभावित उद्योग एवं पर्यटन व्यवसाय र त्यहाँ कार्यरत मजदुरलाई खोप लगाउन सहजीकरण गर्ने निर्णय गरेका छन् । पर्यटन व्यवसायीका लागि… पुरा पढौ

ड्राइभिङ स्कुलले मागे प्रशिक्षकलाई खोप

ड्राइभिङ स्कुल संघ गण्डकी प्रदेशले आफ्ना प्रशिक्षकलाई कोरोना बिरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङलाई भेटी संघ यस्तो आग्रह गरेको हो । संघको तर्फबाट केन्द्रीय महासचिव उमेश सिके, प्रदेश अध्यक्ष वसन्त भट्टचन, पूर्वअध्यक्ष तुलाबहादुर ठकुरी, विष्णु पोखरेल, रामचन्द्र पौडेल लगायतले यस्तो माग गरेका हुन् । मन्त्री अधिकारीले प्राथमिकताको क्षेत्र र्निधारण भएको उल्लेख गर्दै ड्राइभिङ क्षेत्र पनि संवेदनशील भएको बताइन् ।… पुरा पढौ

गण्डकी सरकारले पूर्णता पायो

गठन भएको डेढ महिनापछि गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार थप ६ जना मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले सरकारलाई पूर्णता दिएका हुन् । उनीहरुलाई गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ गराएकी हुन् । काँग्रेसबाट कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री भएका छन्। कांग्रेसबाट मणिभन्द्र शर्मा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएका छन्। कांग्रेसका मेखलाल श्रेष्ठ शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्री… पुरा पढौ

गण्डकी प्रदेश सरकारमा माओवादीका तीन जनाले भोलि सपथ लिने

गण्डकी प्रदेशको गठबन्धन सरकारमा माओवादी केन्द्रबाट तीन जना सरकारमा जाने भएका छन् । माओवादी सांसदहरू रामजी बराल, चन्द्र बहादुर बुढा र दीपक चर्ती सरकारमा जाने निश्चित भएको हो । सांसद दीपक कोइरालाका अनुसार अर्थ मन्त्रालयमा बराल, कृषिमा बुढा र वन तथा वातावरणमा घर्तीमगर जाने गरी सहमति जुटेको छ । माओवादीले ११ मन्त्रालयमध्ये ४ मन्त्रालय पाउने गरी भागबन्डा गरिएको छ । बराल कास्की, चन्द्रबहादुर बागलुङ र दीपक चर्ती मगर स्याङ्जाका हुन्… पुरा पढौ

बागलुङमा सन्देशमुलक प्लेकार्ड सहितको डमी ट्राफिक प्रहरी

अव्यवस्थित शहरीकरण, साँगुरा सडक, बढ्दो सवारी प्रयोग, जथाभावी पार्पिङ, सडकमा निर्माण सामाग्री राखीनु, चालक तथा यात्रुमा ट्राफिक चेतनामा कमी लगायतका कारण अस्तव्यस्त बजारको ट्राफिक व्यवस्थापन प्रभावकारी गराउन एवं दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले बागलुङ बजारमा डमी ट्राफिकको प्रयोग सुरु गरिएको छ । बागलुङ जिल्लामा दुर्घटना न्युनीकरण तथा ट्राफिक नियमको पुर्ण पालना गराउनको लागि सन्देशमुलक प्लेकार्ड सहितको डमी ट्राफिक प्रहरीको प्रयोग सुरु गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको पहल एवं… पुरा पढौ

घाँस काट्ने क्रममा भिरबाट लडेर एकजनाको मृत्यु

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका -५ बिहुँमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । काठेखोला गाउँपालिका-५ को धौरियाको भिरमा घाँस काट्ने क्रममा लडेर बिहुँका बर्ष ४८ का ईन्द्रबहादुर पुनको मृत्यु भएको स्थानीय युवा दिवस कंडेले जानकारी दिए । बिहान ८ बजे घासँ काट्न गएका पुन करिव ८:४५ को समयमा भिर बाट लडेको प्रत्येक्षदर्शिलाई उदृत गर्दै कंडेले बताए ।घाँस काट्दै गर्दा भिरबाट लडेको पारीपट्टी स्थानीयले देखेपछि उद्धार गर्दा गर्दै उनको मृत्यु… पुरा पढौ

बागलुङमा घरेलु मदिरा सेवनबाट ४ को मृत्यु,२ बिरामि

जिल्लाको गलकोट नगरपालिकामा घरेलु मदिरा सेवनका कारण ४ जना मजदुरको ज्यान गएको छ भने २ जना गम्भिर बिरामि भएका छन् । जिल्लाको गलकोट नगरपालिकामा मजदुरी गर्दै आएका ६ जनाले मदिरा सेवन गरेकोमा चार जनाको उपचारका लागि सदरमुकामको धौलागिरि अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो । मृत्यु हुनेहरुमा रोल्पा जिल्लाको सुनिल स्मृति गाउँपालिका-५, गजुल बस्ने वर्ष २१ का दिपेन्द्र पुन मगर, सोही स्थानका वर्ष ३० का प्रबिन घर्ति, बर्ष ३९… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं