गण्डकी सेरोफेरो

भालुको पित्तसहित १ जना पक्राउ

बागलुङको ढोरपाटन नगरपालिका ४ बाट प्रहरीले भालुको पित्तसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढोरपाटन नगरपालिका–४ हुन्द्रफेदीका ४० वर्षीय चित्रबहादुर शेरबुर्जा रहेको इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए । भालुको पित्तको अवैध कारोबार भइरहेको प्राप्त सूचनाका आधारमा उनलाई करिब १८ ग्राम भालुको पित्तसहित बुधबार साँझ पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान र कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ । पुरा पढौ

बागलुङ जिल्लामा निषेधाज्ञा खुकुलो !

बागलुङ जिल्लामा निषेधाज्ञा खुकुलो बनाइएको छ ।जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लामा जारी गरिएको निषेधज्ञा खुकुलो बनाएको हो ।बाग्लुङ्गमा भदौ ११ गते बिहान ७ देखी साँझ साँझ ६ बजे सम्म बजार, यातायत सहित सबै खुल्ने गरी निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरिएको केन्द्रका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । निधेषाज्ञा खुकुलो भएसँगै बैंक तथा वित्तिय संस्था एवम् बजारहरु खुला हुने भएका छन् । सार्वजनिक तथा… पुरा पढौ

समाजवाद भेट्न पोखरा महानगरको त्रिवर्षीय योजना

पोखरा महानगरपालिका सहरी योजना आयोगले तयार गरेको त्रिवर्षीय योजनामाथि छलफल गरिएको छ । महानगरले मंगलबार योजनाविद्हरुको उपस्थितिमा योजनामाथि विषयगत छलफल गराएको हो । योजनामा महानगरपालिकाको द्रुत र दिगो विकासका लागि आर्थिक सामाजिक, लोकतन्त्र तथा सुशासन, भौतिक पूर्वाधार जस्ता विषय समेटेर त्रिवर्षीय योजना (२०७८÷७९–२०८०÷८१) तयार गरिएको महानगर सहरी योजना आयोगका उपाध्यक्ष डा. रामचन्द्र लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार योजनाले समाजवाद उन्मुख समाजको निर्माणका लागि पोखराको आर्थिक र सामाजिक विकासको मोडल… पुरा पढौ

विद्यार्थी नै नभएका स्कुलमा शिक्षकलाई तलब

मनाङका स्थानीय तहमा पनि बेरुजु रकम देखिएको छ । यहाँका चारवटै पालिकामा बेरुजु रकम देखिएको छ र यो बेरुजु सबैभन्दा धेरै शिक्षा क्षेत्रमा देखिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिसँगै भवन निर्माण भइरहेको भए पनि निर्माणका क्रममा अनियमितता बढ्दो देखिएको हो । विद्यार्थी नै नभएको विद्यालयमा शिक्षक नियुक्त र तलबभत्ता वितरण गरिएको पाइएको छ । महालेखा परीक्षणको ५८ औँ प्रतिवदेनका अनुसार विद्यार्थी नभएको विद्यालयमा करार दरबन्दीको शिक्षक नियुक्त गरिएको… पुरा पढौ

मन्त्रीको पारिश्रमिक सामाजिक काममा

गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले प्रदेशबाट प्राप्त हुने पारिश्रमिक सामाजिक सेवामा खर्च गरेका छन् । उनले शनिबार पोखरा ३३ भरतपोखरीका युवालाई १५ थान भलिबल र जाली हस्तान्तरण गरे । मन्त्री थापाले खेलकुद सामग्री आफूले प्रदेश सरकारबाट प्राप्त गर्ने पारिश्रमिकबाट प्रदान गरेको जानकारी गराए । उनले भने, ‘म सांसद हुँदादेखि नै प्रदेश सरकारबाट प्राप्त हुने तलब, भत्तामा केही आफूले पनि थपेर सामाजिक सेवासँगै विकास निर्माण… पुरा पढौ

लायन्स मोडेल भिलेजलाई गण्डकी प्रदेश सरकारले सघाउने

पोखरा, १ भदौ । लायन्स डिष्ट्रिक्ट ३२५ वि १ नेपालको यो वर्षको मुख्य कार्यक्रम लायन्स मोडेल भिलेज निर्माणमा गण्डकी प्रदेश सरकारले सघाउने भएको छ । डिष्ट्रिक्ट गर्भनर लायन विश्वेश्वर आचार्यले आज मुख्यमन्त्री माननीय कृष्णचन्द्र नेपाली पोख्रेलसगँ भेट गरी लायन्सले यो वर्ष विभिन्न १४ जिल्लाका १४ गाउँमा मोडेल भिलेज बनाउने अभियान सुरु गरेकाले सो कार्यमा सहकार्य गर्न प्रदेश सरकारलाई आग्रह गरेका थिए । सो अवसरमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले लायन्सका विभिन्न… पुरा पढौ

पोखराका सम्पदा ठेक्कामा नदिन आदेश

पोखरा महानगरपालिकाले केही सम्पदा ४० वर्षका लागि ठेक्कामा दिन गरेको सम्झौता अघि नबढाउन उच्च अदालत पोखराले आदेश दिएको छ । आइतबार अदालतले ठेक्काअघि नबढाउन अन्तरिम आदेश दिएको हो । महानगरले सेती क्यानोनसँग सेती खोँच र पाताले छाँगो ठेक्का सम्झौता गरेको छ भने फेवा सिल्ट्रेसनसँग ड्यामको सम्झौता भएको थियो । तत्कालका लागि काम अघि नबढाउन आदेश भएको उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले बताए । पुरा पढौ

बागलुङमा खुलेआम सडकमा हिड्छन संक्रमित !

बागलुङ जिल्लामा कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारि कदम चाल्न नसक्दा संक्रमण दिनानुदिन बढिरहेको छ ।जिल्लामा सबैभन्दा बढि संक्रमित रहेको बागलुङ नगरपालिकाको बजारक्षेत्रमा कोरोना संक्रमितनै खुलेआम सडकमा हिहिरहेको पाइएको छ ।स्वाब परिक्षणमा २८ गते कोरोना पोजेटिभ देखिएका एक पुरुष खुलेआम सडकमा डुलिरहेको भेटिएको हो । जैमिनि नगरपालिका-१ स्थाइ घर भइ बागलुङ हाल बागलुङ नगरपालिका वडा नम्बर ३, बुद्ध विहार, जिल्ला प्रसाशन कार्यालय नजिकै भाडामा बसोबास गर्दै आएका २२ बर्षिय युवा सडकमा खुलेआम… पुरा पढौ

तीजमा चेलीलाई ‘जरुवाको पानी’

जरुवाको पानी करुवामा कलकलीमाइती देशको सम्झना आयो झलझली जनजीवनका खाट्टी भाका र दुःखसुखलाई गीति लय दिनु हरिदेवी कोइरालाको विशेषता हो । यस्तै गम्भीर भाव र चेलीको वेदना समेटिएको नयाँ तीजगीत उनले बजारमा ल्याएकी छन् । कोइरालाको तीजगीत ‘जरुवाको पानी’ सार्वजनिक भएको छ । म्युजिक भिडियोको मुख्य पात्रको जीवनमा दर्शकले कहिँकतै आफूलाई पाउने छन् ।यो गीत म्युजिक नेपालको युट्युब च्यानलमा उपलब्ध छ । गायिका कोइरालाकै शब्द तथा लय रहेको गीतको थेगो… पुरा पढौ

चितवनका मौरी रस खोज्दै धादिङमा

वर्षाको समय चरन क्षेत्र नभएपछि चितवनका मौरी किसान मौरी चराउन धादिङको गजुरी र गल्छी आइपुगेका छन् । मौरीलाई चाहिने फूलको रस नभएका कारण मौरीको घार बोकेर किसान धादिङको गजुरी गाउँपालिकाको बन्सेटारमा आएका हुन् । बन्सेटार र गल्छी गाउँपालिकाको बैरेनीमा बाँझो जग्गा भाडामा लिएर मौरीको घार राखिएको छ । चितवनमा विगत १८ वर्षदेखि मौरीपालन गर्दै आएका ७० वर्षीय अशोक बस्नेत अझै जोस् र जाँगरका साथ मौरी चराउँदै हिँडिरहेका छन् । उनीसँगै… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं