बागलुङमा नेकपा एमाले स्थापक मध्यका एक रामजी प्रसाद शर्मा नेकपा एकीकृत समाजवादीमा खुलेका छन् । पूर्व ऊर्जा राज्यमन्त्री समेत रहेका शर्मा एमाले विभाजन भएपछि माधवकुमार नेपालले स्थापना गरेको नेकपा एकीकृत समाजवादीमा लागेको बताएका हुन् । एमाले अध्यक्ष केपी ओलीको व्यक्तिवादी चरित्र विरुद पार्टीमा हाबी भएको कारण एमाले विभाजन भएको टिप्पणी गरेका छन् । ओलीले संसद् विघटन गरे देखी ओलीको प्रवृत्ति मन नपरेको र एमाले छाडेर समाजवादीमा आएको बताए ।दक्षिणपन्थीको इसारामा गुटको राजनीतिक गरेर ओलीले मुलुकमा राजनीतिक अस्थिरता निम्त्याएको कारण आफूहरू नयाँ बाटो रोज्नुको विकल्प नरहेको उनका भनाई छ ।
आइतबार नेपालदूत अनलाइन सँगको कुराकानीमा उने भने नेकपा एमाले भित्रको एउटा वैचारिक कतिपय प्रवृगिगत र घटनाक्रमहरूले विभाजनको अवस्थामा पुगिसके पछि नेकपा एकीकृत समाजवादी स्थापना भएको छ ।
उनको भनाई जस्ताको तस्तै
म नेकपा एमालेको एउटा स्थापक हुँ २०३६ सालमा तिन जना साथीहरू मिलेर हामीले स्थापना गरेका थियौ । पहिलो भेला तिन जनाको बिचमा भएको थियो । गोविन्द अधिकारी ,डिल सहानी र म । नेकपा मालेको कम्युनिस्टको बिउ रोप्ने सुरुवात त्यहाँ वाट भएको थियो । यद्यपि विद्यार्थी कालमा प्रगतिशील विद्यार्थी फाटा ३०३१ साल वाटै मैले काम गरेको थिए । अहिले ४३ वर्ष देखी पार्टीको काममा निरन्तर लागेको अवस्था हो । मुलुकले बल्ल बल्ल शान्ति प्रक्रिया मार्फत सरकार स्थापना भएपछि थाई त्व दिने खालले दुई तिहाइको बहुमत आइरहेको अवस्था र एमालेको पनि सिङ्गो बहुमतको अवस्था आइरहेको परिस्थितिमा फेरी नेकपा एमाले संङलो भएर रहने परिस्थिति सृजना भएन त्यो अत्यन्त दुखद पूर्ण स्थिति हो । जति बेला एकीकृत कम्युनिस्ट पार्टी थापना होस् अझै छुटफुट रहेर बसेका कम्युनिस्ट पार्टीहरू एक ठाउँमा हुने र विकास र समृद्धिको लागी अरू लोकतान्त्रिक पार्टीहरूको पनि आवश्यकता भइरहेको बेला नेकपा एमाले पनि विभाजित हुने अवस्था भयो र त्यही विभाजित भएको अवस्थामा नेकपा एकीकृत समाजवादी स्थापना भएको हो ।
मेरो कुरा के हो भने प्रतिनिधि सभा जब विघटन हुनु गलत थियो भनेर हामीले भनिसकेपछि जब प्रतिनिधि सभा विघटन गरेको सही थियो भन्ने कुरा हाम्रै पार्टी नेकपा एमालेका अध्यक्षले बारम्बार तयलाई पुष्टि गर्न अहिले पनि खोजिरहेको सन्दर्भ र एउटा व्यक्तिगत प्रवृत्ति र एउटा सङ्गठन प्रणालीलाई व्यवस्थित गर्ने भन्दा पनि व्यक्तिगत निर्णयका आधारमा पार्टी सञ्चालन गर्ने सोच हो त्यो सोचका आधारमा अब कम्युनिस्ट पार्टी एमालेले वास्तवमा मुलुकलाई हाँक्न सक्दैन ,मुलुकलाई सही दिशा दिन सक्दैन , क्रान्तिकारी रुपान्त्रण गर्न सक्दैन त्यसो हुनाले अव प्यारो पार्टी आफूले पनि लगानी गरियो ४३ ४४ वर्ष सम्म लगानी गरेको पार्टीलाई माया लाग्छ त्यहाँ धेरै जनतालाई पटक पटक आफू पनि उम्मेदवार हुँदा र प्रत्येक उम्मेदवारको कमान्डर म भइरहेको अवस्था पार्टीको चिन्ह र पार्टीको माया लाग्छ तर त्यो पार्टीको विचार ,एमालेको खास बिचार मरिसकेको अवस्थामा अव फेरी एमाले भनेर बस्न सक्ने अवस्था रहेन त्यसो हुनाले म अहिले नेकपा लमाएको सिपाही भने भन्न मलाई धेरै गहे भइरहेको छ र म अव नेकपा एमालेको तर्फबाट औपचारीक रुपमा एमाले त्याग गर्ने सोचमा पुगे उनले भने ।
२०३१ सालमा विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका शर्मा २०३५ सालमा औपचारीक रुपमा मूल राजनीतिमा प्रवेश गरेका थिए । नेकपा एमालेको सातौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भई धौलागिरि इन्चार्जको रूपमा काम गरेका शर्माले नेकपा एमाले बागलुङको तीन कार्यकाल सम्म प्रमुख भई काम गरेका थिए ।
२०६४ सालमा भएको संविधान सभा निर्वाचनमा बागलुङ क्षेत्र नम्बर एकबाट निर्वाचित भएका शर्मा बहुदल आएपश्चात् धौलागिरि क्षेत्रबाट उच्च ओहदा ऊर्जा राज्य मन्त्री भएका थिए ।




