गण्डकी सेरोफेरो

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको अध्यक्षमा राजभण्डारी

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको अध्यक्षमा मुकेशचन्द्र राजभण्डारी चयन भएका छन् । मंगलबार सम्पन्न दोस्रो अधिवेशनबाट राजभण्डारी अध्यक्षमा २५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा गठन भएको हो ।जसको उपाध्यक्षमा गगन पुन (बानपा), कौशिला घर्ती (गलकोट), सुरज विक (ढोरपाटन), भीम घर्ती (ताराखोला) र प्रकाश शर्मा (जैमिनी) चयन भएका छन् । मंगलबार सम्पन्न जिल्ला अधिवशेनबाट महासचिवमा गोकुल कँडेल, सचिवमा प्रकाश रखाल, सह–सचिवमा तुलसीनारायण भारी, कोषाध्यक्षमा… पुरा पढौ

स्याउ फार्मका कामदार नदी किनारमा मृत फेला

मनाङको एक स्याउ फार्मका १ कामदार नदी किनारमा मृत फेला परेका छन् । मंगलबार दिउँसो १२ बजे मनाङको निस्याङ गाउँपालिका ४ स्थित मस्र्याङ्दी नदी किनारमा क्षेत्रबहादुर गुरुङको शव फेला परेको हो । घोप्टो अवस्थामा शव गुरुङको शव फेला परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । गोरखाको गण्डकी गाउँपालिका २ घर भाएका उनी निस्याङ गाउँपालिका ५ सब्जे स्थित स्याउ फार्ममा काम गर्थे । उनी २६ गतेदेखि सम्पर्कमा थिएनन् । ४३ वर्षीय… पुरा पढौ

व्यवसायी युवराज खतिवडा पक्राउ

पोखराका व्यवसायी युवराज खतिवडा पक्राउ परेका छन् । फेवातालको किनारामा मापदण्ड विपरीत पर्खाल लगाएको र सीमसार क्षेत्रमा माटोले पुरेकाले उनलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । गैरकानुनी काम नगर्न सम्झाउँदा प्रहरीमाथि नै अभद्र व्यहार गरेकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पोखरा ५ बस्ने खतिवडा पोखराका विभिन्न स्थानमा व्यवसाय गर्छन् । पुरा पढौ

भरियालाई बोकाएर अस्पतालमा अक्सिजन

अस्पतालमा कोरोना सङ्क्रमण भएका बिरामी बढेका छन् । सघन उपचार कक्षमा रहेका ३ बिरामीका लागि उच्च गतिमा अक्सिजन दिनुपर्छ । विद्युत् आपूर्ति अनियमित भएकाले अस्पतालको प्लान्टले राम्रोसँग अक्सिजन उत्पादन गर्दैन । पोखराबाट सिलिन्डर भरेर ल्याउन मध्यपहाडी लोकमार्गमा एक साता पहिले खसेको पहिराका कारण समस्या छ । अक्सिजनको अभाव हुन नदिन अस्पताल प्रशासनले वैकल्पिक मार्गबाट सिलिन्डर भरेर ल्याउन थालेको छ । पोखराबाट स्याङ्जा हुँदै पर्वतको कटुवाचौपारी ल्याइएका सिलिन्डर बोकेर पर्वत सदरमुकाम… पुरा पढौ

मुल्य सूची नराख्ने बागलुङका १७ व्यवसायीलाई कारवाही

मुल्य सूची नराखी आफुअनुकुल मुल्य निर्धारण गरी फलफूल बेच्ने बागलुङका १७ व्यवसायीलाई कारवाहीमा परेका छन् ।बागलुङ बजार अगुमनको क्रममा अधिकांस तरकारी तथा फलफूल पसलले मुल्य सूचि विना ग्राहलाई आफुखुसी मुल्य लिने गरेको पाईएको हो । जिल्ला प्रशासन कार्यलयको आयोजनामा ,घरेलु तथा साना उद्योग कार्यलय जिल्ला प्रहरी कार्यलय ,बागलुङ नगरपालीका ,राष्ट्रिय उपभोक्ता मञ्च लगाएतको टोलीले बजार अनुगमन गरेको थियो । बागलुङ बजारमा संचालित १७ तरकारी तथा फलफूल पसलले विना मुल्य सूचि… पुरा पढौ

८ दिन देखि अबरुद्ध मध्यपहाडी राजमार्ग सुचारु !

अविरल बर्षाका कारण गएको पहिरोका कारण भदौ १७ गते राति देखि अबरुद्ध पोखरा बागलुङ सडक सुचारु भएको छ । गत विहीबार मध्यरातको भीषण वर्षापछिको पहिरोले मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ अन्तर्गत पर्वत खण्डको केही भाग छियाछिया भयको थियो । भीषण पहिरोले राजमार्गको करिब आठकिलोमिटर खण्ड पुरै ध्वस्त पारेको छ । केही खण्डमा एकतर्फी रुपमा सवारी संचालन गर्न मिल्ने गरि सडकमा थुप्रिएको ढुंगामुढा हटाउन निरन्तर प्रयास पछि एकतर्फी सञ्चालन गरिएको हो ।स्थानीय प्रशासनको… पुरा पढौ

१६ औं सहारा खेलकुद पत्रकारिता पुरस्कार परियारलाई

यस बर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट दीपक परियार पुरस्कृत हुने भएका छन् । उनी १६ औं संस्करणको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने भएका हुन्। सहारा क्लवले प्रदान गर्ने उक्त पुरस्कार कान्तिपुर राष्ट्रिय दैनिकमा आवद्ध परियारलार्ई क्लवको २३ औं बार्षिकोत्सवको अवसरमा यही भदौं ३० गते प्रदान गरिने भएको सहारा क्लवले जनाएको छ । उक्त पुरस्कारको राषि २० हजार ५ सय ५५ रहेको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए । क्लवका… पुरा पढौ

एकीकृत समाजवादी पर्वत कमिटी घोषणा

पर्वतमा बिहीबार एकीकृत समाजवादी पार्टीको जिल्ला कमिटी घोषणा गरिएको छ ।तत्कालीन नेकपा एमाले प्रदेश कमिटी सदस्य मोती पौडेलको अध्यक्षतामा ७५ सदस्यीय कमिटी सार्वजनिक गरिएको हो । कमिटीमा अरु अधिकांश नयाँ अनुहार छन् । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य चूडमणि जंगलीले एकीकृत समाजवादीको नेतृत्वमा देशकै ठूलो वामपन्थी दल बनाइने बताए । पुरा पढौ

रतनपाण्डे स्कुलमा ६ लाखको अक्षयकोष

पोखरा १३ स्थित रतनपाण्डे माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्र्थीका लागि शिक्षण सिकाइमा सघाउने उद्देश्यका साथ बिहीबार नगद ६ लाखको अक्षयकोष घोषणा भएको छ । पोखरा १३ आर्बा स्थायी बसोबास भई हाल काठमाडौंमा रहेका मधुप्रसाद बराल र विन्ध्येश्वरी बराल संरक्षक रहने गरी गुरुप्रसाद÷गोमादेवी बराल स्मृति अक्षयकोषका लािग रकम विद्यालयलाई हस्तान्तरण गरिएको प्रधानाध्यापक डिल्लीराम बरालले जानकारी दिए । कार्यक्रममा पोखरा १३ का वडाअध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा)ले सबैको साथ, सहयोग… पुरा पढौ

भुजीखोला बाढीको १ वर्ष : अझै अत्तोपत्तो छैन १५ जनाको

बलेवा, १७ भदौ केही दिनदेखि निरन्तर वर्षा भइरहेको थियो । भुजी खोलामा वर्षापछिको बाढीले सुसेली हालेको भए पनि घरमै पसेर विध्वंश मच्याउला भनेर कसैले सोचेनन् । खोलाको बहाव आफ्नै गतिमा थियो । अघिल्ला वर्षमा पनि खोला यसै गरी सुसाउँथ्यो र अहिले पनि उसै गरिरहेको छ । बाउ बाजेका पालादेखि बस्दै आएको खोला किनारका बस्ती बेसी झरेका बेला बोबाङ बासीका आश्रयस्थल थिए । ढोरपाटन र बुकीमा बसेर गाईबाख्रा पाल्ने अधिकांश बोबाङवासीको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं