गण्डकी सेरोफेरो

मुनाल सहकारीको १३औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा श्रेष्ठ निर्वाचित

पोखरा, १८ असोज । पोखराको नयाँबजारमा रहेको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन असोज १३ गते शुरु भई असोज १६ गते शनिबार सम्पन्न भएको छ । संस्थाको पाँचौं अधिवेशनबाट आगामी ४ बर्षका लागी नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । कार्यसमितिको अध्यक्षमा मगनलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन भने उपाध्यक्षमा डा. विष्णुप्रसाद चापागाईं, सचिवमा नारायणबहादुर थापा, कोषाध्यक्षमा रमेशकुमार पौडेल तथा कार्यसमिति सदस्यहरूमा… पुरा पढौ

पोखरामा गुम्बाका चौकीदारको लडेर मृत्यु

पोखराको एक गुम्बाका चौकीदारको लडेर बिहीबार लडेर मृत्यु भएको छ । बिहीबार बिहान पौने ९ बजेतिर पोखरा २५ हेमजाको फेमाछाल शाक्य गुम्बाका चौकीदार ओङ्छु शेर्पा त्यहाँकै भीरबाट खसेका थिए । करिब ३ सय मिटर तल खसेका ४८ वर्षीय शेर्पाको घटनास्थलमै मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए । सोलुखुम्बुको लिखुपिके घर भएका शेर्पाको मृत्युबारे अनुसन्धान भइरहेको पोखरेलले जानकारी दिए । पुरा पढौ

पोखरा २५ मा नेकपा एसको कमिटी

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी(एस) पोखरा २५ को भेलाले हिमलाल तिम्सिनाको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी बनाएको छ । कमिटी उपाध्यक्षमा नवराज अधिकारी, सचिव जगत पौडेल र उपसचिवमा गंगा थापा छन् । पार्टीका पोलिटब्युरो सदस्य तथा गण्डकी प्रदेश कमिटी उपसचिव श्रीनाथ बरालले कम्युनिस्ट, सिद्धान्त, विचार र कार्यक्रमलाई आत्मसात गर्दै समाजवाद स्थापनाको यात्रामा पार्टीअघि बढ्ने बताए । कार्यक्रममा प्रदेश कमिटी सदस्य कृष्ण नेपाली, गोपाल गिरी, बुद्धिजीवी परिषद कास्की अध्यक्ष टंकराज अधिकारी… पुरा पढौ

माओवादी केन्द्र बागलुङमा जिम्मेवारी बाँडफाँट

सङ्गठन पुनर्गठनमा होमिएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागलुङले यहाँका दशैवटै स्थानीय तहमा नेतृत्वको जिम्मेवारी बाँडफाँट गरेको छ । तत्कालीन नेकपा विभाजनपछि पूर्ववत् दलका हैसियतमा फर्किएको माओवादी केन्द्रले रिक्त रहेका पदमा नेतालाई जिम्मेवारी तोकेको हो । पार्टी जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’का अनुसार बागलुङ नगरपालिकाको अध्यक्षमा इन्द्र केसी, सचिवमा राजु खड्का, गलकोट नगरपालिकाको अध्यक्षमा ललित श्रीस, सचिवमा खिम साहनी, ढोरपाटन नगरपालिकाको अध्यक्षमा भीम गौतम, सचिवमा सुमित घर्ती र… पुरा पढौ

‘उत्तरदायी पत्रकारिता गरौं’

नेपाल पत्रकार महासंघ र कास्की शाखाको संयुक्त आयोजनामा उत्तरदायी पत्रकारिता विषयक अभिमुखीकरण पोखरामा भएको छ । महासंघ गण्डकी र कास्की शाखामा कार्यरत पत्रकारको अभिमुखीकरणका लागि कार्यक्रम भएको हो । करिब ६० पत्रकारको उपस्थितिमा भएको कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, प्रशिक्षक जगत नेपाल र हिरण्य जोशीले प्रस्तुति दिएका थिए । पत्रकार महासंघका उपाध्यक्ष विष्टले पछिल्ला दिनमा अनुसन्धानमा रहेर गरिने पत्रकारिता हराउँदै गएकोमा चिन्ता जनाए । अनुसन्धनात्मक पत्रकारिताका लागि महासंघले छुट्टै… पुरा पढौ

प्रलेस प्रतिभा पुरस्कार मातृका पोखरेललाई

प्रगतिशील लेखक सङ्घ नेपालले यस वर्षको प्रलेस प्रतिभा पुरस्कार कवि तथा कथाकार मातृका पोखरेललाई प्रदान गरेको छ ।प्रलेसको ७० औँ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा संस्थाका पूर्वाध्यक्ष तथा वर्तमान सल्लाहकार पोखरेललाई १० हजार राशिको सो पुरस्कार वरिष्ठ प्रगतिशील साहित्यकार शान्तदास मानन्धरले प्रदान गरे । सो अवसरमा प्रलेसका अध्यक्ष प्रा डा जीवेन्द्रदेव गिरीद्वारा लिखित ‘झुल्के घाम’ र तिला लेकालीद्वारा लिखित ‘साझा आकाश’ कवितासङ्ग्रह विमोचन गरिनाका साथै ‘त्रिआयामका तारा आनन्ददेव भट्ट अभिनन्दन… पुरा पढौ

हिसान कास्कीमा नयाँ समिति

हिसान कास्कीको १९ औं साधारणसभा तथा आठौ अधिवेशनले यामबहादुर रोकाको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । उपाध्यक्षमा दिवाकर जैसी, सचिव ढाकाराम कँडेल, कोषाध्यक्ष सुन्दरप्रसाद ढकाल र सहसचिव पुरन कुँवर छन् । कार्यसमिति सदस्यमा डा. चैतन्यराज अधिकारी, लीलावती प्रधान, खिमबहादुर गुरुङ, कृष्णप्रसाद सापकोटा, पुष्पराज पराजुली, अम्बर गुरुङ, राजेन्द्रमणि पौडेल, मोहनलाल पौडेल, डिल्लीराम अर्याल, नवीन बराल, डिल्लीराम अधिकारी, विकास पाहारी, आनन्द अधिकारी र पम्फा गुरुङ छन् । कार्यक्रममा गण्डकी प्रदेशका शिक्षा,… पुरा पढौ

अनेरास्ववियू क्रान्तिकारी बागलुङ अध्यक्षतामा मिलन काउचा

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी बाग्लुङको २४ औं जिल्ला सम्मेलन आज सम्पन्न भएको छ । ‘शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टीका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधिनता र सामाजिक न्यायको पक्ष’मा भन्ने उद्घोषकका साथ गलकोटमा शनिबार सम्पन्न भएको हो । सम्मलेनले मिलन काउचा मगरको अध्यक्षतामा ४५ सदस्यीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युुनियन (क्रान्तिकारी) जिल्ला कार्य समितिको पुनर्गठन गरेको छ । जसको उपाध्यक्षमा प्रदीप सापकोटा, सचिवमा विकास कँडेल, कोषाध्यक्षमा देवीकुमारी… पुरा पढौ

पर्यटकका लागि खुल्यो गुप्तेश्वर गुफा

पहिलो पटक बारकोड टिकटको प्रयोग गर्दै पोखरा महानगरपालिका १७ डेभिज फलस्थित प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य गुप्तेश्वर महादेव गुफा पर्यटकका लागि खुला गरिएको छ । कोरोना कहरसँगै बन्द गरिएका धार्मिक पर्यटकीय गन्तव्य यही असोज १ गतेदेखि स्वास्थ्य मापदण्डसहित खुल्ला गरिने सरकारको निर्णयअनुसार शुक्रबारदेखि खुल्ला गरिएको गुफामा १५ लाख लागतमा अत्याधुनिक बारकोड स्क्यानर गेट राखिएको छ । टिकटमा भएको बारकोड स्क्यान गरेपछि मात्र गेट खुल्ने भएकाले गुफामा दैनिक कति पर्यटक आए भन्ने… पुरा पढौ

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको अध्यक्षमा राजभण्डारी

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको अध्यक्षमा मुकेशचन्द्र राजभण्डारी चयन भएका छन् । मंगलबार सम्पन्न दोस्रो अधिवेशनबाट राजभण्डारी अध्यक्षमा २५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा गठन भएको हो ।जसको उपाध्यक्षमा गगन पुन (बानपा), कौशिला घर्ती (गलकोट), सुरज विक (ढोरपाटन), भीम घर्ती (ताराखोला) र प्रकाश शर्मा (जैमिनी) चयन भएका छन् । मंगलबार सम्पन्न जिल्ला अधिवशेनबाट महासचिवमा गोकुल कँडेल, सचिवमा प्रकाश रखाल, सह–सचिवमा तुलसीनारायण भारी, कोषाध्यक्षमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं