समृद्धि टोल विकास संस्था पोखरा १७ को चौथो साधारणसभा तथा अधिवेशनले नयाँ समिति चुनेको छ । हालै भएको अधिवेशनले फडिन्द्र अकिञ्चनको अध्यक्षमा ९ सदस्यीय समिति सर्वसम्मत निर्वाचित गरेको हो ।
समितिमा उपाध्यक्ष दुर्गाबहादुर थापा, सचिव जीवन सुवेदी, कोषाध्यक्ष सुमित्रा दुरा र सहसचिव विमला नेपाली छन् । सदस्यमा भरत गौतम, कमला बराल, रेशम तिमिल्सिना र दुर्गाबहादुर परियार छन् ।
टोलका सल्लाहकारमा माधव पनेरु, भोजबहादुर भुजेल र अनिषा तामाङ छन् । साधारणसभाले टोलमा रहेका घरधुरीको विवरण संकलन गरी भवन निर्माण, चाडपर्वका बेला सुरक्षा सावधानी र टोल सरसफाइ जस्ता कार्यक्रम गर्ने निर्णय गरेको छ ।




