गण्डकी सेरोफेरो

प्रेस सेन्टर कास्की अध्यक्षमा कृष्ण

प्रेस सेन्टर कास्कीको अध्यक्षमा कृष्ण दवाडी निर्वाचित भएका छन् । बुधबार भएको अधिवेशनले दवाडीको अध्यक्षतामा सर्वसम्मत २१ सदस्यीय नयाँ कार्यसमिति चुनेको हो । समिति उपाध्यक्षमा दिनानाथ बराल र महिला उपाध्यक्ष शोभा बराल, सचिव पुष्पराज दाहाल, सह–सचिवमा सुरेसराज अधिकारी, सहसचिव (समावेशी) सविना राना थापामगर र कोषाध्यक्षमा सुशीला क्षेत्री चुनिए । कार्यसमिति सदस्यमा बलराम तिमिल्सिना, रविनाथ दाहाल, शेरबहादुर खत्री, विवेक भण्डारी, लिलाचन्द्र अधिकारी सरोज, प्रकाशचन्द्र गिरी, खगेन्द्र अर्याल, प्रकाश अधिकारी, श्रीभद्र पौडेल… पुरा पढौ

गण्डकीका मोबाइल व्यवसायी संगठित

गण्डकी प्रदेशमा मोबाइल फोनको व्यवसाय गर्नेहरु संगठित भएका छन् । गण्डकीका विभिन्न जिल्लाका मोबाइल व्यवसायीको भेलाले उदयबहादुर केसीको अध्यक्षतामा नेपाल मोबाइल व्यवसायी महासंघ गण्डकी प्रदेश गठन गरेको हो । संस्थाका उपाध्यक्षद्वयमा देवकुमार श्रेष्ठ र विष्णुनारायण श्रेष्ठ, महासचिव नारायण सुवेदी, कोषाध्यक्ष चिन्तामणि खरेल, सचिव पुष्पराज पौडेल र सहकोषाध्यक्ष ढाकामोहना अधिकारी छन् । यस्तै, सदस्यमा रामचन्द्र तिवारी, गोबिन्द पाण्डे, प्रेम श्रेष्ठ, मनोज श्रेष्ठ, डम्बर गिरी, हेमन्त श्रेष्ठ, विनोद पराजुली, भीम घले, उपेन्द्र… पुरा पढौ

प्रेस सेन्टर नेपाल बागलुङको अध्यक्षमा थम्मन

प्रेस सेन्टर नेपाल बागलुङको अध्यक्षमा थम्मन थापा ‘सन्देश’ चयन भएका छन् । मंगलबार सम्पन्न पाँचौ जिल्ला अधिवेशनले थापाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सज्जन कुमार सिंह र सरिता खत्री सचिव अनिष खाती, सहसचिव योगेन्द्र विश्वकर्मा र कोषाध्यक्षमा कृष्ण सापकोटा चयन भएका छन् । बिमल खड्का, सुमन सुनार,कुम्बिर विश्वकर्मा,पूर्णभद्र निउरे,रोशन थापा मगर ,सविता खत्री, चानसिंह श्रीस,बिमल पौडेल,धन बहादुर विश्वकर्मा,जगेन्द्र विश्वकर्मा,अशोक बुढाथोकि सन्तोषी कार्की रहेका छन्… पुरा पढौ

मिर्गौला पीडित सुशीललाई कुन्ती मलको सहयोग

पोखरा, १६ कात्तिककुन्ती मल व्यवसायी समितिले मिर्गाैला पीडित एक युवालाई सहयोग गरेको छ । कास्कीको मादी ४ सिक्लेस घर भएका ३१ वर्षीय शुशील गुरुङका दुवै मिर्गाैलाले काम नगरेपछि उनलाई समितिले सहयोग गरेको हो । समितिको पहलमा मलका व्यवसायी र मल व्यवस्थापन समितिबाट २ लाख १७ हजार २ सय ९१ सहयोग गरिएको हो । शनिबार आयोजित कार्यक्रममा समिति अध्यक्ष मुक्ति पनेरु लगायतले सुशील बचाउ समितिका सल्लाहकार लेखबहादुर गुरुङ र सहसचिव देवीजंगा… पुरा पढौ

गण्डकी सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध: मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ कास्कीद्वारा सोमबार पोखरामा विजयादशमी, दीपावली, छठलगायत पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले प्रेस स्वतन्त्रतालाई अंकुस लगाउने कुरामा सरकार जान नसक्ने स्पष्ट पारे । पूर्ण प्रेस स्वतन्त्रता संविधानमा नै उल्लेख भएको जनाउँदै उनले प्रदेशमा बन्ने कुनै पनि ऐन तथा कानून यसका विरुद्धमा हुन नसक्ने उल्लेख गरे । सरकारका कामकारबाही एवं गतिविधिका… पुरा पढौ

ढुंगेसाँघु पर्यटनस्थलमा नयाँ समिति

ढुंगेसाघु पर्यटन स्थल संरक्षण समिति पोखरा १७ को आइतबार भएको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले शिवराम भण्डारीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनेको छ । उपाध्यक्षमा सीता काफ्लो, सचिव सुरेन्द्र गिरी, सहसचिव यामबहादुर राना र कोषाध्यक्ष लेखनाथ चालिसे छन् । यस्तै, सदस्यमा इशरा थापा, मुक्ति भण्डारी, सुजन गुरुङ, विक्रम भण्डारी, जूना गुरुङ र दीपक भण्डारी शर्मा चुनिए । कार्यक्रममा सांसद विद्या भट्टराई अधिकारीले ढुंगेसाँघु क्षेत्रको बृहत्तर विकासका लागि पहल गर्ने प्रतिवद्धता… पुरा पढौ

प्रेस सेन्टर गाेरखा अध्यक्षमा गुरुङ

प्रेस सेन्टर नेपाल गोरखाको चौथो जिल्ला अधिबेशनले दानबहादुर गुरुङको अध्यक्षतामा १५ सदस्सीय जिल्ला कार्यसमिति चयन भएको छ । गोरखा सदरमुकाम स्थित हाेटल भिजनमा सम्पन्न भएको अधिवेशनले गुरुङलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको निर्वाचन मण्डलका संयोजक रामबहादुर ढकालले जानकारी दिए । यस अघि गुरुङ प्रेस सङ्गठन नेपाल गाेरखा शाखाकाे उपाध्यक्ष रहेका थिए । अधिवेशनले जिल्ला समितिको उपाध्यक्षमा राजेश पौडेल, सचिवमा धनबहादुर गुरुङ, सहसचिवमा सन्दिप सुनार, महिला संगीता चेपाङ र कोषाध्यक्षमा बिमल… पुरा पढौ

एमालेमा फर्किने कल्पना छैन, माओवादीसँग पनि अहिले एकता हुँदैनः नेपाल

सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समयअगावै प्रतिनिधिसभा निर्वाचन (अर्ली इलेक्सन) मा जानु जरुरी नभएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा ‘अर्ली इलेक्सन’बारे सञ्चारकर्मीको जिज्ञासामा उनले अगावै चुनाव गर्नु आवश्यक नरहेको भन्दै स्थानीय, प्रदेश र सङ्घीय चुनाव एकै पटक गर्नुपर्नेमा जोड दिए । अध्यक्ष नेपालले भने, “किन अर्लीमा जानु ? अर्लीमा जानु जरुरी छैन ।… पुरा पढौ

प्रेस सेन्टर कास्की अधिवेशन १७ गते

प्रेस सेन्टर नेपाल कास्कीको अधिवेशन यही कात्तिक १७ गते पोखरामा हुने भएको छ । सेन्टरको बिहीाबर बसेको केन्द्रीय सदस्यसहित कास्कीको पदाधिकारी बैठकले सम्मेलनको मिति तय गरेको हो । नेकपा माओवादी केन्द्रका स्थायी कमिटीका सदस्य एवं संघीय सरकारका शिक्षा संस्कृति तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन गरिने प्रेस सेन्टर कास्की संयोजक सन्देश श्रेष्ठले जानकारी दिए । अधिवेशनको तयारी स्वरुप नयाँ सदस्यता वितरण र नवीकरणलाई तीव्रता दिइएको छ ।… पुरा पढौ

मादी, रुपा र अन्नपूर्णमा सर्वसम्मत नेतृत्व चयन

नेकपा (एमाले)ले कास्कीका तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । मङ्गलबारदेखि सुरु भएको पहिलो पालिका अधिवेशनमा मादी, रुपा र अन्नपूर्ण गाउँपालिकामा सहमतिमा नेतृत्व चयन गरिएको हो । पोखरा महानगरपालिका र माछापुच्छ«ेमा भने सहमति नहुँदा नेतृत्व चयन हुन सकेको छैन । मादी गाउँपालिका कमिटीको अध्यक्षमा बालकृष्ण गुरुङ, उपाध्यक्षमा एकजङ्ग गुरुङ, सचिवमा सुवास सापकोटा र उपसचिवद्वयमा राजु अधिकारी र प्रतिक्षा पौडेल चयन भए । अन्नपूर्णको अध्यक्षमा विवेक देवकोटा, उपाध्यक्षमा मीनाकुमारी गुरुङ,… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं