प्रेस सेन्टर नेपाल कास्कीको अधिवेशन यही कात्तिक १७ गते पोखरामा हुने भएको छ । सेन्टरको बिहीाबर बसेको केन्द्रीय सदस्यसहित कास्कीको पदाधिकारी बैठकले सम्मेलनको मिति तय गरेको हो ।
नेकपा माओवादी केन्द्रका स्थायी कमिटीका सदस्य एवं संघीय सरकारका शिक्षा संस्कृति तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन गरिने प्रेस सेन्टर कास्की संयोजक सन्देश श्रेष्ठले जानकारी दिए । अधिवेशनको तयारी स्वरुप नयाँ सदस्यता वितरण र नवीकरणलाई तीव्रता दिइएको छ ।
प्रचारप्रसार, अतिथि सत्कार, आर्थिक लगायतका उपसमिति गठन गरी सम्मेलनको काम अघि बढाइएको संयोजक श्रेष्ठले जानकारी दिए । बैठकमा प्रेस सेन्टरका गण्डकी प्रदेश इन्चार्ज एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलले गौरवपूर्ण इतिहास बोकेको प्रेस सेन्टरलाई आगामी अधिवेशनबाट आउने नेतृत्वले नयाँ उचाई पु¥याउने विश्वास व्यक्त गरे । अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गर्न आफ्नो तथा प्रदेश कमिटीको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता उनले प्रतिवद्धता गरे ।
नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटी अध्यक्ष विश्वप्रकाश लामिछानेले प्रेस सेन्टरले संगठन विस्तारमा जोड दिनुपर्ने बताए ।




