
गण्डकी प्रदेशमा मोबाइल फोनको व्यवसाय गर्नेहरु संगठित भएका छन् । गण्डकीका विभिन्न जिल्लाका मोबाइल व्यवसायीको भेलाले उदयबहादुर केसीको अध्यक्षतामा नेपाल मोबाइल व्यवसायी महासंघ गण्डकी प्रदेश गठन गरेको हो ।
संस्थाका उपाध्यक्षद्वयमा देवकुमार श्रेष्ठ र विष्णुनारायण श्रेष्ठ, महासचिव नारायण सुवेदी, कोषाध्यक्ष चिन्तामणि खरेल, सचिव पुष्पराज पौडेल र सहकोषाध्यक्ष ढाकामोहना अधिकारी छन् ।
यस्तै, सदस्यमा रामचन्द्र तिवारी, गोबिन्द पाण्डे, प्रेम श्रेष्ठ, मनोज श्रेष्ठ, डम्बर गिरी, हेमन्त श्रेष्ठ, विनोद पराजुली, भीम घले, उपेन्द्र कँुवर, शिव पोख्रेल छन् ।
२१ सदस्यीय कार्यसमितिका बाँकी ४ सदस्य मनोनित हुने नवनिर्वाचित महासचिव नारायण सुवेदीले जानकारी दिए । प्रदेशका मोबाइल व्यवसायीका समस्या पहिचान गरी व्यवसायीको हकहितमा संस्था प्रतिवद्ध भएर लाग्ने उनले बताए ।