गण्डकी सेरोफेरो

उत्तरगंगा हाइड्रोअघि बढ्यो

गलकोट, ६ मंसिरसम्भाव्यता अध्ययन गरेको दुई वर्षपछि बागलुङमा निर्माण हुने भनिएको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाका विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउन थालिएको छ । आयोजनाको निर्माणको चर्चा २०६१ सालदेखि भए पनि बल्ल आएर डिपिआर थालिएको छ । सम्भाव्यता अध्ययन सम्पन्न पश्चात् डिपिआरको काममा उत्तरगङ्गा पावर कम्पनीले इरानी कन्सल्टेन्सी शहिद वहिद डास्ग्रेडी तेहरानलाई सम्झौता गरेर काम थालेको छ । योसँगै चर्चामा नै सीमित रहेको आयोजना अगाडि बढ्ने संकेत देखिएको छ । गत… पुरा पढौ

असफललाई संघर्षशील सामाजिक पुरस्कार

अम्बिका–भागवत फाउन्डेसनद्वारा सञ्चालित संघर्षशील सामाजिक पुरस्कार असफल गौतमलाई प्रदान गरिने भएको छ । समाजसेवी शिवनारायण बिजुक्छेको संयोजकत्वमा देवी श्रेष्ठ, गोविन्दप्रसाद दवाडी सदस्य, फाउन्डेसन अध्यक्ष भागवत नेपाल र संरक्षक अम्बिका नेपाल पदेन सदस्य रहेको समितिले असफललाई पुरस्कार दिन सिफारिस गरेको हो । सभ्य समाज निर्माणमा संघर्षरत प्रतिभालाई हरेक २ वर्षमा अर्पण गरिने पुरस्कार राशि २५ हजार, सम्मानपत्र र दोसल्ला छ । शिक्षा, स्वास्थ्य, गाँस, बाँस र कपाससँग जोडिएका आधारभूत आवश्यकता परिपूर्तिमा… पुरा पढौ

सभापति उम्मेदवारी मनोनयन शुल्क ५० हजार

नेपाली कांग्रेसको पर्वत जिल्ला सभापति पदमा उम्मेदवार हुन चाहनेका लागि ५० हजार शुल्क तोकिएको छ । नेपाली कांग्रेसको बुधबार भएको कार्यसमितिको बैठकले अधिवेशन सम्पन्न गर्न खर्च उठाउने उद्देश्यले सभापतिका उम्मेदवारलाई ५० हजार शुल्क निर्धारण गरेको हो । केन्द्रीय निर्वाचन समितिले जिल्ला सभापतिको उम्मेदवारका लागि १० हजार दर्ता शुल्क निर्धारण गरेको छ । जिल्ला उपसभापति, सचिव र सहसचिवका लागि २५ हजार शुल्क तोकिएको छ । जिल्ला सभापतिका लागि १ लाख ५०… पुरा पढौ

राजनीति गर्दा लागेको ऋण तिर्न अकबरे खेती

दिनहुँजसो राजनीतिक कर्ममा समय बिताउने गण्डकी गाउँपालिका ४ फुजेलका जीतबहादुर भट्टको दैनिक अहिले फेरिएको छ । सधँै बिहान उठ्ने बित्तिकै गाउँमा सभा, सम्मेलन, बैठक र भेलामा दौडिने उनी आजभोलि ती सबै काम छोडेर घर नजिकै सुरु गरेको अकबरे खुर्सानीको खेती गरेको ठाउँमा पुग्छन् । अलिअलि कमाएको पैसा पनि राजनीति गर्दागर्दै सकिएपछि ऋण डुबेका भट्टले अहिले गाउँमै करिब १ सय १७ रोपनी क्षेत्रफल जमिन भाडामा लिएर अकबरे खुर्सानीको व्यावसायिक खेती थालेका… पुरा पढौ

कास्की कांग्रेस चुनावः प्लेकार्ड र पर्चामा प्रतिबन्ध

नेपाली कांग्रेस कास्कीले अधिवेशनका बेला हुने भड्किलो प्रचारमा रोक लगाएको छ । कास्की कांग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा मंगलबार बसेको बैंठकले यस्तो निर्णय गरेको हो । अब कुनै पनि उम्मेद्वारले भड्किलो तवरले प्रचार सामग्रीको प्रयोग गर्न नपाउने कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । ‘उम्मेद्वारले आफ्नो परिचयका लागि व्यक्तिगत रुपमा एउटामात्रै सामग्री घाँटीमा झुन्ड्याउन सक्ने छन्’, प्रवक्ता सिग्देलले भने, ‘त्यसबाहेकका प्रचार सामग्री प्रयोग गर्न पाइने छैन ।’ निर्वाचनस्थलमा उम्मेद्वारसँग… पुरा पढौ

युआरएलको वार्षिकोत्सवमा विशेष छुटसहित विविध कार्यक्रम

गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) ले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा विशेष योजना सार्वजनिक गरेको छ । २०७० मंसिर २३ गते स्थापना भएको युआरएलले मंसिर महिनाभर विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउन लागेको हो । वार्षिकोत्सवको अवसरमा मंसिर महिनाभर रगतमा हुने खराब बोसो(टिजी) सित्तैमा जाँच गरिनेछ भने अरु सबै प्रकारका रक्तजाँच र होलबडीका प्याकेजमा समेत ३० प्रतिशत छुट दिइएको अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए । वार्षिकोत्सवको अवसरमा पोखरा र… पुरा पढौ

उमेश सिके श्रमिक समुदाय नेपाल केन्द्रीय सचिव

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको भाृत संगठन श्रमिक समुदाय नेपालको पाँचौ राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चुनेको छ । सम्मेलनले संगठनको नाम दलित मुक्ति मोर्चा नेपाल परिवर्तन गरी श्रमिक समुदाय नेपाल बनाएको हो । सम्मेलनबाट पोखराका उमेश सिके सचिव चुनिएका छन् । सर्वसम्मत बनेको ६१ सदस्यीय कार्यसमिति अध्यक्षमा रामलाल बिश्वकर्मा, उपाध्यक्ष जितेन्द्र महरा, महासचिव त्रिलोचन विक र सचिवद्वय उमेश सिके र रामकुमार पासवान र कोषाध्यक्ष जानकी बराह छन् ।श्रमिक समुदायको उद्घाटन… पुरा पढौ

हिमपहिरोमा १२० चौरी बेपत्ता

मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौँरीगाई बेपत्ता भएका हुन् । हिउँपहिरोले नाउरीकोटकी रत्नकुमारी शेरचनको घरको छानो उडाएको वडा अध्यक्ष नरप्रसाद हीराचनले जानकारी दिए । “भागदौड मच्चिदा सामान्य घाइते भएका कोबाङको जनआदर्श अमरसिङ माविका ११ जना शिक्षक विद्यार्थी जोमसोममा उपचारपछि घर फर्कनुभएको छ”,… पुरा पढौ

साहित्यकार विजय बजिमयको निधन

साहित्यकार विजय बजिमयको आइतबार निधन भएको छ । सोमबार बिहान ८ बजे उनकै निवास महोरियाटोलबाट शवयात्रासहित अन्त्येटि गरिने पारिवारिक स्रोतले जनाएको छ । यसैबीच पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष मोती भुजेलले शोक विज्ञप्ति निकालेर बजिमयको निधनमा दुःख व्यक्त गरेका छन् । बजिमय परिवारका पूर्वअध्यक्षसमेत हुन् । उनी २०१४ चैत २३ मा पोखराको मोहरिया टोलमा जन्मिएका थिए । साहित्यका बजिमयका अन्ततोगत्वा(कथासंग्रह) र समय भनेको समय हो (कवितासंग्रह) प्रकाशित छन् । पुरा पढौ

हरिदेवीलाई क्षेत्रप्रताप स्मृति पुरस्कार

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले स्थापना गरेको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०७८ अग्रज गायिका हरिदेवी कोइरालालाई प्रदान गरिने भएको छ । मञ्चको शनिबार दमौलीमा भएको बैठकले यो निर्णय गरेको हो । कला, संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएवापत उनलाई उक्त पुरस्कार अर्पण गर्न लागिएको मञ्चका अध्यक्ष आकाश अधिकारीले बताए । पुरस्कार राशि नगद २५ हजार छ । गीतल राष्ट्रिय पुरस्कार २०७७ बाट कवि प्रोल्लास सिन्धुलिया र २०७८ बाट गायक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं