सोमबार बिहान मुस्ताङको थासाङ १ टुकुचेमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौंको छाउनी अस्पताल लगिएको छ ।
बिहान सवा ५ बजेतिर टुकुचे नजिकै भन्सिङ स्थित बेनप्ी जोमसोम सडक खण्डमा जोमसोमबाट बेनीतर्फ जादै गरेको ग१ज ७७०३ नं.को जिप सडकदेखि अन्दाजी २० मिटर तल खसेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।




