गण्डकी सेरोफेरो

कृषि एम्बुलेन्स चलाउँदै गण्डकी सरकार -मन्त्री शर्मा (भिडियोसहित)

कृषि एम्बुलेन्स चलाउँदै गण्डकी सरकार पुँडिटार र नबलपुरमा औद्योगिक क्षेत्र बनाइने -मन्त्री शर्मा https://youtu.be/NAHsLwzr2M8 पुरा पढौ

ब्याएका गाईभैंसीलाई भत्ता

जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकालाई पशुपालनको माध्यमबाट दूध र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि सञ्चालन गरेको ब्याएका गाईभँैसीलाई पोषण भत्ता दिने कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कृत्रिम गर्भाधानबाट गाईभँैसीको नश्ल सुधार गरी उत्पादन बढाउन पोषण भत्ता कार्यक्रम प्रभावकारी देखिएको हो । गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख दीपक श्रेष्ठले कृत्रिम गर्भाधान सेवाप्रति आकर्षण बढाएर पाडापाडी र बाछाबाछी पाल्नेलाई प्रोत्साहन गर्न पोषण भत्ता कार्यक्रम… पुरा पढौ

बेपत्ताका आफन्तद्वारा न्याय दिन सरकार उदासीन बनेको गुनासो

सशस्त्र द्वन्द्वपछि शान्ति सम्झौता भएको लामो समय बितिसक्दा पनि राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका नागरिकलाई अझै सार्वजनिक नगरेको भन्दै बागलुङका द्वन्द्व पीडितले गुनासो गरेका छन् ।  ३० अगस्ट अर्थात् बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा बागलुङमा आयोजित कार्यक्रमका वक्ताले राज्य गम्भीर नबन्दा आफूहरू लामो समय सम्म मानसिक तनावमा परेको गुनासो गरेका हुन ।   लामो सङ्घर्षपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग बनेकाले त्यसले सत्य तथ्य पत्ता लगाउनेमा आफू आशावादी… पुरा पढौ

पूर्व ऊर्जा राज्यमन्त्री शर्मा एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा (भिडियोसहित)

बागलुङमा नेकपा एमाले स्थापक मध्यका एक  रामजी प्रसाद शर्मा नेकपा एकीकृत समाजवादीमा खुलेका छन् ।  पूर्व ऊर्जा राज्यमन्त्री समेत रहेका शर्मा एमाले विभाजन भएपछि माधवकुमार नेपालले स्थापना गरेको नेकपा एकीकृत समाजवादीमा लागेको बताएका हुन् । एमाले अध्यक्ष केपी ओलीको व्यक्तिवादी चरित्र विरुद पार्टीमा हाबी भएको कारण एमाले विभाजन भएको टिप्पणी गरेका छन् । ओलीले संसद् विघटन गरे देखी ओलीको प्रवृत्ति मन नपरेको र एमाले छाडेर समाजवादीमा आएको बताए ।दक्षिणपन्थीको इसारामा गुटको… पुरा पढौ

लेखनाथ उद्योग वाणिज्य संघको चुनाव रोकियो

लेखनाथ उद्योग बाणिज्य संघको १३ औं महाधिवेशन स्थगित भएको छ । महाधिवेशन भदौ १८ र १९ गतेका लागि तय भएको थियो ।चुनावी प्रक्रियामा हुने भीडले महामारी बढ्नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीको आग्रहमा चुनाव रोकिएको हो । यसअघि भएका निर्वाचनका प्रक्रियालाई यथावत राख्दै बाँकी कार्यक्रम अर्काे सूचना नभएसम्मका लागि रोकिएको अध्यक्ष वलराम ढकालले जानकारी दिए ।संघको अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय, संस्थागत सदस्यमा रामबहादुर गुरुङ र एसोसियट सदस्यमा मेघराज… पुरा पढौ

कहिले बन्ला बलेवा विमानस्थल ?

निर्माण व्यवसायीले सरसरर्ती निर्माणको काम गरेको भए यतिबेला बागलुङको बलेवा विमानस्थल जहाज उड्नसक्ने हुन्थ्यो । निर्माण व्यवसायीको ढिलासुस्ती, कोरोना र वर्षाका कारण बलेवा विमानस्थलको २ पटक म्याद सकिँदासमेत काम सम्पन्न हुन सकेको छैन । धावनमार्गको कालोपत्रको जिम्मा लिएका निर्माण व्यवसायीले कोरोना र वर्षाका कारण समयमै काम सक्न समस्या भएको जनाउँदै आएका छन् । एक वर्षमा नै सक्ने विमानस्थल २ वर्ष बित्दासमेत निर्माणको काम कछुवा गतिमा छ । नागरिक उड्डयन प्राधिकरणले… पुरा पढौ

जिल्ला अदालतलाई जग्गा खोज्न समिति

कास्की जिल्ला अदालतको भवन निर्माणका लागि उचित जग्गा खोजी गरी जग्गा प्राप्त गर्न समित गठन गरिएको छ ।उच्च अदालत वार एसोसियसन पोखरा र जिल्ला अदालत वार एसोसियसन कास्कीको सुक्रवार पोखरामा बसेको सयंक्त वैठकले उक्त समिति गठन गरेको हो । वरिष्ठ अधिवक्ता कृष्ण थापाको संयोजकत्वमा गठन गरिएको समितिमा वरिष्ठ अधिवक्ता हरि सुवेदी, नेपाल वार एशोसियसनका उपाध्यक्ष सुरेन्द्र थापा मगर, नेपाल वार एशोसियसनका सदस्य कल्पना भण्डारी, उच्च अदालत वार एशोसियसन पोखराका अध्यक्ष… पुरा पढौ

एकीकृत समाजवादी बागलुङको संयोजकमा थापा!

केपी शर्मा ओलि नेतृत्वको नेकपा एमालेमा बिद्रोह गरि नयाँ दलको रुपमा उदयमान नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बागलुङ जिल्लाको संयोजकमा लालबहादुर थापा चयन भएका छन् । नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशन बाट अध्यक्षमा निर्वाचित केपि शर्मा ओलीको स्वईच्छाचारी कदम सँग पार्टी भित्र निरन्तर अन्तर संघर्ष गरिरहेका पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा गत बुधबार निर्वाचन आयोगमा दर्ता भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को बागलुङमा जिल्ला भेला आयोजक समितिको… पुरा पढौ

एउटै पिपिईको मूल्य २ हजारदेखि १० हजारसम्म

कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि तनहुँका स्थानीय तहले एउटै सामग्री पनि फरक–फरक मूल्यमा खरिद गरेको भेटिएको छ । देवघाट गाउँपालिकाले प्रतिथान १० हजारका दरले छ थान पिपिइ खरिद गरेको भेटिएको छ । त्यस्तै व्यास नगरपालिकाले छ हजार ८६ का दरले २१२ थान पिपिइ खरिद गरेको छ । गोरखाको शहीद लखन गाउँपालिकालाले रु एक हजार ९२१ का दरले ३० थान पिपिइ खरिद गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । “एकै… पुरा पढौ

निषेधाज्ञामा हिड्नेको चोक चोकमा कोभिड जाँच

निषेधाज्ञामा हिँडडुल गर्नेलाई सडकमै रोकेर एन्टिजिन विधिबाट कोरोना जाँच गर्न थालिएको छ । सोमबारदेखि सदरमुकामका चोकचोकमा एन्टिजिन जाँच भइरहेको हो ।बुधबार लोकतान्त्रिक चोकमा ९३ जनामा एन्टिजिनबाट कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए । बुधबार उपल्लाचौरमा २५ र सोमबार नारायणचोकमा ५० जनाको एन्टिजिन जाँच गरिएको थियो । त्यसमध्ये नारायणचोकमा गरिएको परीक्षणमा एक जनालाई कोरोना पोजेटिभ देखिए पनि बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं