८ दिन देखि अबरुद्ध मध्यपहाडी राजमार्ग सुचारु !

अविरल बर्षाका कारण गएको पहिरोका कारण भदौ १७ गते राति देखि अबरुद्ध पोखरा बागलुङ सडक सुचारु भएको छ ।
गत विहीबार मध्यरातको भीषण वर्षापछिको पहिरोले मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ अन्तर्गत पर्वत खण्डको केही भाग छियाछिया भयको थियो । भीषण पहिरोले राजमार्गको करिब आठकिलोमिटर खण्ड पुरै ध्वस्त पारेको छ । केही खण्डमा एकतर्फी रुपमा सवारी संचालन गर्न मिल्ने गरि सडकमा थुप्रिएको ढुंगामुढा हटाउन निरन्तर प्रयास पछि एकतर्फी सञ्चालन गरिएको हो ।
स्थानीय प्रशासनको सहयोगमा म्याग्दीबाट विष्फोटक पदार्थ ल्याई सडक सुचारु गर्न सफल भएको पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन ।

‘ढुंगा फुटाउन ब्लास्टिङ नगरी सुखै थिएन । ब्रेकरको भरमा गर्दा झनै ढिला हुने भएपछि हामिले विकल्पको रुपमा
विष्फोटक पदार्थको प्रयोग गर्यों’ उनले भनिन् , ‘दोबिल्लामा करिब एकसय मिटर सडक पुरै बगेको भएपनि एकतर्फी सवारी चलाउन सकिने गरि बनाउन सकियो’ । ‘एकसय मिटरजति त तलैदेखि उठाउनुपर्छ । तर, अहिले एकतर्फी सवारी चलाउन भने मर्मतसम्भारको भरमा चल्छ,’ खत्रिको भनाइ रहेको छ ।

मध्यपहाडी राजमार्ग अन्तरगत पर्बतको कुश्मा नगरपालिका देखि कास्कीको माछापुच्छ्रे गाउँपालिका सम्म दर्जनौं ठाउँहरुमा खसेको पहिरोका कारण ८ दिन देखि सडक अबरुद्ध भएको थियो ।

गत विहीबार मध्यरातको भीषण वर्षापछिको पहिरोले मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ अन्तर्गत पर्वत खण्डको केही भाग छियाछिया भयको थियो । भीषण पहिरोले राजमार्गको करिब आठकिलोमिटर खण्ड पुरै ध्वस्त पारेको थियो ।

भदौ १७ गते रातीको भीषण वर्षापछिको पहिरोले घर बगाउँदा पवर्त जिल्लामै एकै परिवारका ५ जना सहित ११ जनाको ज्यान ज्यान समेत गएको थियो । मध्यपहाडी आयोजनाका इन्जिनियर उज्जवल शर्माका अनुसार पर्वत जिल्लाकप पातीचौरदेखि सदरकमुकाम कुश्मा बजारसम्मको आठकिलोमिटर दूरीभित्र २० ठाउँमा पहिरो झरेकाे थियो ।

पर्वतमा पहिरोले क्षति गर्दा सडकसँगै विद्युत र संचार पनि अवरोध भएकोमा ४ दिन पछि विद्युत र संचार भने केही सहज भएको थियो । त्यसबाहेक सवारी नचल्दा धवलागिरी अञ्चलका चारवटा जिल्ला (पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङ) मा पेट्रोलियम पदार्थ अभाव हु्ने अवस्था आएको उनले बताईन । ग्यास र पेट्रोलियम पदार्थमा कालोबजारी हुन नदिन अनुगमन गरिरहेको समेत उनले बताईन ।

अविरल वर्षापछिको पहिरोले पर्वतमा वितण्डा मच्चाउँदा ८ दिन देखि धवलागिरी अञ्चालका चारजिल्ला (पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ) सम्मको यातायात सम्पर्क टुटेको थियो । पर्वतमा सेवा अवरुद्ध हुँदा त्यसको मार धवलागिरी अञ्चलका बागलुङ, म्याग्दी र मुस्ताङमा समेत परेको थियो । यातायात सेवा अवरुद्ध हुँदा उपचारका लागि पोखरासम्म आउन पनि स्थानीयलाई समस्या परेको थियो ।