स्याउ फार्मका कामदार नदी किनारमा मृत फेला

मनाङको एक स्याउ फार्मका १ कामदार नदी किनारमा मृत फेला परेका छन् । मंगलबार दिउँसो १२ बजे मनाङको निस्याङ गाउँपालिका ४ स्थित मस्र्याङ्दी नदी किनारमा क्षेत्रबहादुर गुरुङको शव फेला परेको हो ।

घोप्टो अवस्थामा शव गुरुङको शव फेला परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । गोरखाको गण्डकी गाउँपालिका २ घर भाएका उनी निस्याङ गाउँपालिका ५ सब्जे स्थित स्याउ फार्ममा काम गर्थे । उनी २६ गतेदेखि सम्पर्कमा थिएनन् । ४३ वर्षीय गुरुङको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।