व्यवसायी युवराज खतिवडा पक्राउ

पोखराका व्यवसायी युवराज खतिवडा पक्राउ परेका छन् । फेवातालको किनारामा मापदण्ड विपरीत पर्खाल लगाएको र सीमसार क्षेत्रमा माटोले पुरेकाले उनलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

गैरकानुनी काम नगर्न सम्झाउँदा प्रहरीमाथि नै अभद्र व्यहार गरेकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पोखरा ५ बस्ने खतिवडा पोखराका विभिन्न स्थानमा व्यवसाय गर्छन् ।