हिसान कास्कीमा नयाँ समिति

हिसान कास्कीको १९ औं साधारणसभा तथा आठौ अधिवेशनले यामबहादुर रोकाको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । उपाध्यक्षमा दिवाकर जैसी, सचिव ढाकाराम कँडेल, कोषाध्यक्ष सुन्दरप्रसाद ढकाल र सहसचिव पुरन कुँवर छन् ।

कार्यसमिति सदस्यमा डा. चैतन्यराज अधिकारी, लीलावती प्रधान, खिमबहादुर गुरुङ, कृष्णप्रसाद सापकोटा, पुष्पराज पराजुली, अम्बर गुरुङ, राजेन्द्रमणि पौडेल, मोहनलाल पौडेल, डिल्लीराम अर्याल, नवीन बराल, डिल्लीराम अधिकारी, विकास पाहारी, आनन्द अधिकारी र पम्फा गुरुङ छन् ।

कार्यक्रममा गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक मन्त्री मेखलाल श्रेष्ठ, हिसान केन्द्रीय अध्यक्ष रमेशकुमार सिलवाल, प्याब्सन कास्की अध्यक्ष प्रेम शर्मा, गण्डकी प्रदेश खेलकुद परिषद उपाध्यक्ष धोजकुमार गुरुङ, राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश निर्देशक विष्णुनारायण श्रेष्ठ लगायतले बोलेका थिए ।

हिसान कास्की अध्यक्ष डा रामजी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा हिसान कास्कीका संस्थापक डा. कर्णवीर पौडेल, सूर्यबहादुर जिसी, शेरबहादुर गुरुङलाई सम्मान गरिएको थियो । समारोहमा डा. राधेश्याम कार्यस्थ र नारायणप्रसाद चापागाईलाई मरणोपरान्त सम्मान गरिएको हो ।