गण्डकी सेरोफेरो

५ हजार जनालाई प्रशिक्षण

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई वार्षिक प्रतिवेदन बुझाएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले आइतबार मुख्यमन्त्रीकै कार्यकक्षमा उक्त प्रतिवेदन बुझाएका छन् । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले नागरिकलाई अनभूति हुनेगरी सुशासन जनमैत्री सेवा दिनेखालका जनशक्ति उत्पादनमा जोड दिन निर्देशन दिए । उनले भने, ‘सडक विस्तार, पुलपुलेसा बनाउँदा नागरिकले एकथरी सुविधा पाउँछन्, प्रशासनिक सेवा चुस्त भए सरकारले काम गरेको छ भन्ने अनुभूति हुन्छ, यसैलाई प्राथमिकतामा राखेर काम गरिदिनुहोला… पुरा पढौ

साढे ५ करोडमा भेटेरिनरी अस्पतालको नयाँ भवन

गण्डकी प्रदेशको राजधानी शहर पोखरामा पशुपन्क्षीको उपचारका लागि मोडेल(नमूना) भेटेरिनरी अस्पताल निर्माण गरिने भएको छ । पोखरा महानगरपालिका–१२ स्थित हालको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको परिसरमा निर्माण गरिने अस्पताल भवनको आज गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले शिलान्यास गरे । पशु उपचार तथा कृषकलाई सहज भेटेरिनरी सेवा उपलव्ध गराउने उद्धेश्यले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीको गत आर्थिक वर्षको स्वीकृत वार्षिक… पुरा पढौ

पियारी राजमो गण्डकी संसदीय दलको नेता

राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशमा संसदीय दलको नेतामा पियारी थापा चयन भएकी छन् । जनमोर्चा संसदीय दलको मंगलबारको बैठकले थापालाई संसदीय दलको नेता चयन गरेको पार्टीका महासचिव मनोज भट्टले बताए । यसअघि संसदीय दलको नेता रहेका सांसद कृष्ण थापालाई राजमोले कारवाही गरिसकेको छ । ३ सांसद रहेको राजमोका अब २ सांसद बाँकी छन् । तत्कालिन मुख्यमन्त्री पुथ्वीसुब्बा गुरुङविरुद्ध गठबन्धनको तर्फबाट ल्याइएको अविश्वासको प्रस्तावमा मतदान गर्न पार्टीले दिएको निर्देशन उल्लंघन गरेपछि थापालाई… पुरा पढौ

बागलुङको गलकोटमा बस दुर्घटना ११ घाइते

बागलुङ जिल्लाको गलकोटमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। काठमाडौंबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको बा ५ ख १५५३ नम्बरको बस सोमबार बिहान मध्यपहाडी लोकमार्गको गलकोट नगरपालिका १ चौराहमा दुर्घटना हुँदा बसमा सवार २२ जना यात्रु मध्ये ११ जना यात्रु घाइते भएका हुन्। १० जना भने सकुशल छन् । दुर्घटनामा परी गुल्मीको मुसिकोट नगरपालिका ९ बार्सीकोटका २७ वर्षीय गिरीबहादुर परियार, बागलुङ ढोरपाटन नगरपालिका शेराका वर्ष ४२ की पवित्रा खत्री,… पुरा पढौ

कृषि र वनबाट बागलुङको विकास

पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल र भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारणमन्त्री चन्द्रबहादुर बुढा मगरले गण्डकी प्रदेशमा कृषि तथा वन पर्यटन (एग्रो र फरेस्ट टुरिज्म) को प्रशस्त सम्भावना रहेकोले सरकारले त्यसको विकासका लागि काम गर्ने बताएका छन् । गृह जिल्ला बागलुङ पुगेर मन्त्रीद्वयले कृषि र पर्यटनलाई सगसँगै लैजाने उद्घोष गरे । शनिबार गृह जिल्ला आएका नवनियुक्त मन्त्रीद्वय विभिन्न भेटघाट, स्वागत तथा सम्मान कार्यक्रममा सहभागी बने ।… पुरा पढौ

पत्रकार धम्क्याउनेलाई कारवाही गर्न माग

नेपाल पत्रकार महासंघ गण्डकीले पत्रकार धम्क्याउनेलाई कारवाही गर्न माग गरेको छ । महासंघ प्रदेश समिति महासचिव गोबिन्द सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तिमा नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्यद्वय गण्डक न्युज डटकमका रञ्जन अधिकारी र पोखरा न्युज डटकमका सम्पादक गणेश बराल (ढाकामोहन)लाई धम्क्याउने श्रीकृष्ण श्रेष्ठलाई कारवाही गर्न माग गरिएको छ । नवलपरासी घर भई पोखरा ११ बस्ने श्रेष्ठले विभिन्न माध्यमबाट पत्रकार अधिकारी र बराललाई दिएको धम्कीको सरोकारवालाहरुले भत्र्सना गरेका छन् । पत्रकारका… पुरा पढौ

मस्र्याङ्दी पुरानै धारमा फर्काइयो

मनाङ भएर बग्ने मस्र्याङ्दी नदीलाई पुरानै धारमा फर्काइएको छ । गत असार १ गते परेको अविरल वर्षापछिको बाढीका कारण नदीले धार परिवर्तन गरेको थियो । नदीले आफ्नो पुरानो धार परिवर्तन गरेपछि महिना दिनसम्म थुनिएर ड्याम बनेको र यसका कारण चामे बजार उच्च जोखिममा परेको थियो । जिल्लाका विभिन्न सुरक्षा निकाय र स्थानीयको महिना दिनभन्दा लामो प्रयासपछि बिहीबार मस्र्याङ्दी नदीलाई पुरानै धारमा फर्काउन सफल भएको सशस्त्र प्रहरी बल मनाङका प्रहरी नायब… पुरा पढौ

पोखरामा पनि राइड सेयरिङ सेवा

राइड सेयरिंग सेवा मोटरगाडी पोखरा, वीरगञ्ज र प्रदेश १ मा सुरु हुने भएको छ । भिगोर इन्कर्पोरेसनद्वारा सञ्चालित ‘मोटरगाडी’ यातायात साझेदारी प्रदान गर्ने एप हो । जसमा अनलाइनमार्फत सवारी बुक गर्न सकिन्छ । पोखरास्थित ‘कप्स कफी बार’ सँगको सहकार्यमा सम्झौता पत्रमा हस्ताक्षर गरेको भिगोर इन्कर्पोरेसनका प्रमुख अजय गच्छेदारले बताए । कप्स कफी बारका सञ्चालक निकेश श्रेष्ठ पर्यटकिय गन्तव्य एवम बढ्दो सवारी चापका कारण सहज र सुरक्षित यात्राका लागि पोखरामा यो… पुरा पढौ

हिमचितुवाले मा¥यो खच्चड र घोडा

उत्तरी गोरखामा हिमचितुवाको आक्रमणबाट १७ घोडा र खच्चडको मृत्यु भएको छ । चुम्चेतको सुलेप लेकमा गएको २ सातादेखि लगातार हिमचितवाले घोडा र खच्चडमाथि आक्रमण गर्न थालेको चुमनुव्री गाउँपालिका ६ का वडाध्यक्ष लोप्साङ लामाले बताए । ‘चुम्चेतको लेकको खर्कमा चराउन छाडिएकामध्ये १६ खच्चड र १ घोडा हिमचितुवाले मारिसकेको छ’, उनले भने, ‘अहिले बर्खाका बेला सामान ढुवानी गर्न बाटो नभएकाले लेकमा चराउन खच्चड र घोडा छाडिएका बेला चितुवाले धमाधम आक्रमण गर्न थालेको… पुरा पढौ

‘प्राकृतिक सम्पदा निजी क्षेत्रलाई नदेऊ

अधिकारकर्मी र नागरिक समाजका प्रतिनिधिले पोखरा उपत्यकाका विभिन्न सम्पदा लामो समयका लागि निजी क्षेत्रलाई दिने निर्णयको विरोध गरेका छन् । सेती नदीको खोँच, पातले छाँगो र रामघाट पोखरा महानगरले लामो समयका लागि निजी क्षेत्रलाई दिन लागेको छ । महानगरको कार्यपालिका बैठकले सार्वजनिक निजी साझेदारीमा यी सम्पदा निजी क्षेत्रलाई दिने निर्णय गरिसकेको छ । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपाल, सिटिजन्सा जुरी कास्की र नागरिक समाज कास्कीले बिहीबार विज्ञप्ति निकालेर… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं