बागलुङको ढोरपाटन नगरपालिका ४ बाट प्रहरीले भालुको पित्तसहित १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ढोरपाटन नगरपालिका–४ हुन्द्रफेदीका ४० वर्षीय चित्रबहादुर शेरबुर्जा रहेको इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए ।
भालुको पित्तको अवैध कारोबार भइरहेको प्राप्त सूचनाका आधारमा उनलाई करिब १८ ग्राम भालुको पित्तसहित बुधबार साँझ पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान र कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।




