पोखराका सम्पदा ठेक्कामा नदिन आदेश


पोखरा महानगरपालिकाले केही सम्पदा ४० वर्षका लागि ठेक्कामा दिन गरेको सम्झौता अघि नबढाउन उच्च अदालत पोखराले आदेश दिएको छ ।

आइतबार अदालतले ठेक्काअघि नबढाउन अन्तरिम आदेश दिएको हो ।

महानगरले सेती क्यानोनसँग सेती खोँच र पाताले छाँगो ठेक्का सम्झौता गरेको छ भने फेवा सिल्ट्रेसनसँग ड्यामको सम्झौता भएको थियो ।

तत्कालका लागि काम अघि नबढाउन आदेश भएको उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले बताए ।