बागलुङ जिल्लामा निषेधाज्ञा खुकुलो !

बागलुङ जिल्लामा निषेधाज्ञा खुकुलो बनाइएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लामा जारी गरिएको निषेधज्ञा खुकुलो बनाएको हो ।
बाग्लुङ्गमा भदौ ११ गते बिहान ७ देखी साँझ साँझ ६ बजे सम्म बजार, यातायत सहित सबै खुल्ने गरी निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरिएको केन्द्रका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।

निधेषाज्ञा खुकुलो भएसँगै बैंक तथा वित्तिय संस्था एवम् बजारहरु खुला हुने भएका छन् । सार्वजनिक तथा निजी क्षेत्रका सवारी स्वास्थ्य मापदण्ड पुरा गरि सञ्चालन गर्ने निर्णय भएको तर विवाह तथा पार्टी प्यालेसहरु सञ्चालन नगर्ने निर्णय भएको कर्किले बताए ।

बागलुङ जिल्लामा हाल सक्रिय संक्रमित ३४८ जना रहेका छन् भने कोरोना संक्रमणकै कारण ६५ जनाको मृत्यु भएको छ ।