पोखरामा गुम्बाका चौकीदारको लडेर मृत्यु

पोखराको एक गुम्बाका चौकीदारको लडेर बिहीबार लडेर मृत्यु भएको छ । बिहीबार बिहान पौने ९ बजेतिर पोखरा २५ हेमजाको फेमाछाल शाक्य गुम्बाका चौकीदार ओङ्छु शेर्पा त्यहाँकै भीरबाट खसेका थिए ।

करिब ३ सय मिटर तल खसेका ४८ वर्षीय शेर्पाको घटनास्थलमै मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए । सोलुखुम्बुको लिखुपिके घर भएका शेर्पाको मृत्युबारे अनुसन्धान भइरहेको पोखरेलले जानकारी दिए ।