पोखरा २५ मा नेकपा एसको कमिटी

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी(एस) पोखरा २५ को भेलाले हिमलाल तिम्सिनाको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी बनाएको छ ।

कमिटी उपाध्यक्षमा नवराज अधिकारी, सचिव जगत पौडेल र उपसचिवमा गंगा थापा छन् । पार्टीका पोलिटब्युरो सदस्य तथा गण्डकी प्रदेश कमिटी उपसचिव श्रीनाथ बरालले कम्युनिस्ट, सिद्धान्त, विचार र कार्यक्रमलाई आत्मसात गर्दै समाजवाद स्थापनाको यात्रामा पार्टीअघि बढ्ने बताए ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य कृष्ण नेपाली, गोपाल गिरी, बुद्धिजीवी परिषद कास्की अध्यक्ष टंकराज अधिकारी र जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य नारायण बास्तोलाले बोलेका थिए ।